रामनगर टोल समितिद्धारा क्रियासिल भेला सम्पन्न

पिपलबाेट संवाददाता


नेपाली काँँग्रेस वडा नं. १० अन्तरगतको रामनगर टोल समितिको आयोजनामा घर घर जाउँ नेपाली काँग्रेस जिताउ भन्ने नाराका साथ एक कार्यक्रम सम्पन्न गरेको छ । टोल समिति संयोजक योशदा गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रम बोल्ने बक्ताहरुले आगामी बैशाख ३० गतेहुने स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फवाट उठेका उमेदवारहरुलाई विजय वनाउन सवै तह र क्षेत्र,टोलहरु लाग्नु पर्ने धारण राख्यका थिए ।कार्यक्रमका प्रमुख अतिथि कोहलपुर वडा नं. १० का सभापति मेघनाथ भट्टराईले गरेका थिए । अतिथि महासमिति सदस्य गौरा भट्टराई , पूर्व नेविसंघका जिल्ला अध्यक्ष प्रकाश सिग्देल , यज्ञ ओली ,प्रदेश ‘ख’ सचिव भिम प्रसाद पौडेल , कृण्ण भुगाई , कृष्ण पुन ,सनत रेग्मी , चेतकान्त भट्टराई ,शिव पोखरेल लगाएत ६ वटा टोल समिति संयोजकहरुको समेत उपस्थिति रहेको थियो ।

२० चैत्र २०७८ मा प्रकाशित
Nabintech