शिक्षा विकामको मेरुदण्ड नै हो ः अध्यक्ष थारु

पिपलबाेट संवाददाता


राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले अहिलेको आधुनिक युगमा देश विकासको ठुलो आधार भनेको शिक्षा नै रहेको बताएका छन् । शुक्रबार राप्ती सोनारी वडा नं. ९ ढकेरी स्थित श्री गणेश माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा अध्यक्ष थारुले सो कुरा बताएका हुन । भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थारुले जब सम्म सामुदायिक विद्यालयहरु स्तरीय बन्दैनन् त्यहाँको भौतिक पुर्वधार र शैक्षिक गुणस्तर राम्रो नहुने बताउदै देश विकासको सबै भन्दा ठुलोआधार भनेको शिक्षा रहेको बताएका हुन् । बालबालिकालाई गुणस्तरीय शिक्षा दिनका लागि अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र सबै तहका सरकारले आ—आफ्नो दायित्व पुरा गर्न जरुरी छ,’अध्यक्ष थारुले भने, गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले कुनै कसर बाँकी राख्ने छैन ।’ उनले शिक्षा नै विकासको मेरुदण्ड भएकोले शिक्षालाई गाउँपालिकाले पहिलो प्राथमिकताका साथ राखेको बताए । गाउँपालिकाले गुणस्तरिय शिक्षाका लागी शिक्षक अनुदान लगायत ३२ वटा सामुदायिक विद्यालयमा भवन निर्माण गरेको बताउँदै अध्यक्ष थारुले विद्यालयले शैक्षिक गुणस्तरलाई अब्बल राख्न सबै शिक्षक र पदाधिकारहरुको साझा प्रयासले सम्भव भएको बताउदै विद्यालयको शैक्षिक विकासका लागि आँफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती सोनारी गाउँ पालिका उपाध्यक्ष धनी कुमारी खत्री ,वडा नं.९का वडा अध्यक्ष महाविर ओली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रध्यानापक हरि अधिकारीले गरेका थिए ।

२५ चैत्र २०७८ मा प्रकाशित
Nabintech