शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध छु ः मल्ल

पिपलबाेट संवाददाता


‘कोहलपुर क्षेत्रमा समस्याको रुपमा देखापरेका चोरी डकैती, लुटपात, हत्या, लागुऔषध दुव्र्यसन जस्ता अपराधिक गतिविधि र सडक दुर्घटना नियन्त्रण गर्न विशेष योजना बनाइने छु’ मल्लले अगाडी थपे–‘प्रहरीले एक्लै चाहेर पनि सबै कुरा नहुने हुँदा यसमा सबैको साथ र सहयोग आवश्यक छ । यसमा नागरिक कर्तब्य समेत जोडिन्छ ।’ पत्रकार भेटघाटमा पत्रकारले राखेका जिज्ञासा मेटाउँदै प्रहरी नायब उपरीक्षक मल्लले भने–‘बेलाबखत प्रहरीमाथि आइपर्ने विभिन्न आरोपलाई निस्तेज पार्दै, सुशासन, ब्यवहारिक र नागरिकलाइ अनावश्यक दुःख दिने तथा अपराधी उम्कने र पीडितले न्याय नपाउने वातावरण बन्ने छैन ।’ कोहलपुर क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनका लागि आवश्यक समन्वकारी भूमिका निर्वाह गर्दै जाने उनले जोड दिए । जनशक्ति र स्रोत साधनको अभावकाबीच नागरिकलाई सेवा प्रदान गरिरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले महिला तथा बालमैत्री वातावरणमा प्रहरी मेरो साथी भन्ने ध्ययेलाई आत्मसाथ गरि अघि बढ्ने मल्लले बताए । आसन्न निर्वाचन केन्द्रित  सुरक्षालाई मध्यनजर गर्दै सम्भावित सुरक्षा संवेदनशीलतालाई गम्भीररुपमा लिएको बताउँदै प्रहरी नायब उपरीक्षक मल्लले यस कार्यमा राजनितिक दल, उद्योगी व्यवसायी, जनप्रतिनिधी र स्थानीयबासीको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । पत्रकार भेटघाटमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले ईलाका प्रहरी कार्यालय सूचना मैत्री बन्नुपर्ने सुझाव दिए । उनले कतिपय अवस्थामा सूचना प्रवाह सहज नहुँदा पत्रकारलाई समाचार सम्प्रेषणमा जटिलता उत्पन्न भएको बताए । महासंघ बाँकेका अध्यक्ष भण्डारीले समाचार सम्प्रेषण गर्दा घटना र स्रोतको तथ्यजाँच गरि सम्प्रेषण गर्न समेत पत्रकारहरुलाई आग्रह गरेका थिए । यसअघि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मल्लले कोहलपुर क्षेत्रका राजनितिक दलका नेता, उद्योगी व्यवसायी, संघ संस्थाका प्रतिनिधी र स्थानीयबासीसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रम
गरेका थिए ।

२७ चैत्र २०७८ मा प्रकाशित
Nabintech