आईतबार देखि नेपालगन्जमा धार्मिक महोत्सव सुरु

पिपलबाेट संवाददाता


नीलसागर सेवाश्रमको केन्द्रीय आश्रम रहेको नेपालगन्जले आजदेखि नेपालगन्जमा धार्मिक महामहोत्सव आयोजना गरेको छ । नीलसागरको निमार्णाधीन कैलाश भवनका लागि महामहोत्सव आयोजना गर्न लागिएको नीलसागरले जनाएको छ ।
नेपालगन्जमा रहेको रामलिला मैदानमा महोत्सव सुरु भएको हो । महोत्सवको पूवैसन्ध्यामा कलश यात्राको आयोजना गरिएको छ । रामलिला मैदानबाट सुरु भएको कलश यात्रा वीपी चोक हुँदै धम्बोझी चोक, सेतुविक चोक, न्यूरोड हुँदै पुनः रामलिला मैदाम पुगेको थियो । कलस यात्रामा विद्यालय, प्रहरीलगायत विभिन्न संघ–संस्था र नेपालगन्जवासीको उपस्थिति रहेको थियो । महोत्सव बैशाख ४ गतेसम्म संचालन हुनेछ । तीन वर्षअघि देखि नेपालगन्जमा निर्माण गर्न सुरु गरिएको नीलसागरको कैलाश भवन निर्माणमा बजेट अभाव भएका कारण महोत्सव आयोजना गर्न लागिएको सरिता नीलसागरले बताएकी छिन् ।नीलसागरले महोत्सव अवधिको प्रत्येक दिन ७ बजेदेखि पूजापाठ, यज्ञ प्रारम्भ गर्नेछ । त्यस्तै महोत्सवमा प्रत्येक दिन बिहान १० बजेदेखि राष्ट्रिय कलाकारबाट संगितमय कथा प्रवचन तथा विशेष झाँकी र प्रत्येक दिन रात्री ७ बजेदेखि १० बजेसम्म कलाकारद्वारा किर्तन, भजन कथा वाचन, झाँकी प्रस्तुत गरिने छ ।

२७ चैत्र २०७८ मा प्रकाशित
Nabintech