सेन्ट्रल प्लाजाले नयाँ वर्षको पूर्व सन्ध्यामा साँगितिक साँझमा गायक प्रमोद खरेल ल्याउदैै

पिपलबाेट संवाददाता


कोहलपुर क्षेत्रकै पाँच तारे होटल सेन्ट्रल प्लाजाले स्थानिय सेवाग्राहीलाई प्राथमिकतामा दिँदै नयाँ वर्षको विदाई कार्यक्रम साँगितिकमय बनाउने भएको छ । मंगलबार यस वर्षको अन्तिम दिनको साँझ मंगलबार चैत्र ३० गते साँझ आयोजना गर्न लागेको सांगितिक कार्यक्रमको प्रमुख आकर्षक चर्चित गायक प्रमोद खरेल रहने भएका छन् ।

होटल व्यवस्थापन पक्षका अनुसार मंगलबार साँझ ८ बजेबाट शुरु कार्यक्रम वैशाख १ गते १२ः३० बजेसम्म चल्ने छ । चर्चित उद्घोषक केबी खड्का र काठमाण्डौको स्काई डान्स ग्रुप सहित स्थानिय कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुतीहरु दिने बताइएको छ । विशेष गरी स्थानिय सेवाग्राहीहरुका लागि रु. १ हजारमा भव्य मनोरञ्जनात्मक कार्यक्रममा विशेष अफरको रुपमा स्न्याक्स सहित पेय पदार्थ सेवाग्राहीले उपभोग गर्न पाउने छन् । नयाँ व्यवस्थापन सहित सेवा प्रवाह गरिरहेको कोहलपुर क्षेत्रकै पहिलोतारे होटल सेन्ट्रल प्लाजामा अब न्यून आयस्तर भएका सेवाग्राहीले समेत गुणस्तरीय सेवा लिन सक्ने व्यवस्थापन मिलाइएको छ । सबै श्रेणीका सेवाग्राहीहरुलाई फरक र गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्य अनुसार अग्नी समूहद्धारा सञ्चालित होटल सेन्ट्रल प्लाजाले कोरोना महाहारीको जोखिम कम हुँदै गइरहेकाले विभिन्न प्याकेज सहित आन्तरिक र बाह्य पर्यटकहरुका लागि विभिन्न योजनाहरु अघि सारेको छ ।होटलका एस एण्ड एम म्यानेजर रमेश कुमार पाठकले जानकारी दिए । ५ तारे होटलको सबै मापदण्ड पुरा गरी प्रमाण पत्र पाइसकेपछि गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । विशेष गरी भारतीय पर्यटकहरुलाई लक्षित गरेर नेपाली सिमा नजिकका भारतीय शहरहरु
बहराइच, नानपारा र लखनउमा प्रचार प्रसारको गतिविधीहरु व्यवस्थापन पक्षले सञ्चालन गरिरहेको बताइएको छ । अब लगत्तै होटलमा अत्याधुनिक सुविधा सहितका ९ वटा रुमहरु निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै अग्नी समूहले सञ्चालन अघि भन्दा अब होटलले प्रदान गर्ने सेवा सुविधाहरुमा समेत भारी मात्रामा संरचनाहरु थप हुने भएको छ ।विशेष गरी निकट समयमा होटलले मसाज, स्पा, फिटनेस–जिम, स्विमिङ्ग तथा चरण चरणमा विभिन्न फेस्टिवलहरु को आयोजनालाई निरन्तर रुपमा अगाडी बढाउने तयारी पुरा भइसकेको व्यवस्थापन पक्षले जनाएको छ ।

२९ चैत्र २०७८ मा प्रकाशित
Nabintech