ब्रिज स्कुल र बज्रदल गण विच बच्चा पढाउने विषमा सम्झौता

पिपलबाेट संवाददाता


ब्रिज इन्टरनेशनल स्कुल प्रा.लि. कोहलपुर र बज्रदल गण इमामनगर व्यारेक विच अध्ययपन गर्ने विषयमा दुई पक्ष विच मंगलबार सम्झौता भएको छ । यस क्षेत्रका नेपाली सेनामा कार्यरत ,अवकाश प्राप्त कर्मचारीहरुका वालवच्चाहरुलाई अध्ययन अध्यापन गराउने जिम्मा व्रिज इन्टरनेशनल स्कुलप्रा.लि. कोहलपुर बाँके लिएको छ । विद्यालयका अध्यक्ष शिवकुमार पौडेल र बज्रदल गण ईमामनगर ब्यारेक बाँँकेका प्रमुख सेनानीश्री श्याम आत्रेय पौडेल विच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । विद्यालयले एक शैक्षिक सत्रमा ८० जना बाल बालिकाहरुलाई अध्ययन अध्यापन गराउनु पर्ने र दोस्रो पक्ष बज्रदल गण ईमामनगर ब्यारेक बाँकेले प्रति विद्यार्थी बार्षिक २० हजार रुपैया विद्यालयलाई उपलव्ध गराउने भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रमुख सेनानी श्याम आत्रेय पौडेलले विद्यालयले बाल बालिकाहरुको शैक्षिक गुणस्तर सुधारको साथै अनुसाशित वनाउने आफुले विश्वास लिएको वताए । यस्तै विद्यालयका अध्यक्ष शिव कुमार पौडेल ले शैक्षिक सत्र २०७९ जेष्ठ देखि लागु हुने सम्झौता भए अनुसार विद्यालयले उच्च प्राथमिकता दिएर पठन पाठन गराउने विद्यालय व्यवस्थापन समिति लागि पर्ने वताए ।  आफ्नो विद्यालय लाई नेपाली सेनाले उच्च मुल्याङकन गरेर नेपाली सेनाका बालबच्चालाई पढाउने जिम्मा दिएकोमा विद्यालय परिवारको तर्फ वाट धन्यवाद दिएका थिए ।मेजर शिव थापाले सेनाका कर्मचारीहरुका वाल वच्चाको भविश्यको वारेमा उच्च मनोवलका साथ पठन पाठन गराउन विद्यालय लाई आग्रह समेत गरेका थिए ।

२९ चैत्र २०७८ मा प्रकाशित
Nabintech