बाँकेको टिकुलीपुरमा आगलागी वाट ठुलो क्षती

पिपलबाेट संवाददाता


बाँकेको राप्ती सोनारी गाउँपालिका– २ टिकुलीपुरमा भिषण आगलागी भइरहेको छ ।
आगलागीबाट ११घर ४वटा गोठ जलेर नष्ट भएका छन् । आगलागी वाट करिव ५७लाख वरावरको क्षत्ति भएको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऐन वहादुर मल्लले
जानकारी गराएका छन् ।
स्थानिय सिताराम जैसी पसलमा भएको बिजुली सट भई नजिकै रहेको ग्यास सिलिण्डरमा आगोले छुदाँ अवस्था भयावह भएको हो । पछि आगलागी गाउँभरी फैलिएको ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख
मल्लले जानकारी दिए ।
वि.स. २०७४ सालमा आएको वाढि वाट विस्थापितहरु वस्दै आएको ठाउमा आगलागी भएको हो । आगलागी नियन्त्रणको लागि कोहलपुर नगरपालिकाको दमकल, एउटा पानी ट्यांकर, सुरक्षाकर्मी तथा स्थानीयहरु को सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

२ बैशाख २०७९ मा प्रकाशित
Nabintech