ट्याक्टरकाे ठक्करबाट बैजनाथका रेशम डाँगीको मृत्यु

पिपलबाेट संवाददाता


कोहलपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा एकको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । ट्याक्टरको ठक्कर बाट बैजनाथ गाउँपालिका ४ बस्ने ४० बर्षिय रेशम डागीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएको । यति बेला मृतकका आफ्न्तले पिडित परिवारलाई उचित क्षेतिपुर्तिको माग गदै कोहलपुरमा चक्का जाम गरेका छन् । ट्याक्टर मालिकलाई तुरुन्त बोलाई छलफल गर्नुपर्ने माग राख्दै स्थानियहरुले प्रहरी कार्यालय घेराउ गदै बिरोध गरेका छन् । कोहलपुर नगरपालिका वडा न २ सालको बुटा नजिकै सुर्खेत बाट आउदै गरेको भे २ त ९३९ नम्बरको ट्याक्टरले सोही दिशा बाट आउदै गरेको भे ७ प ५४४६ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो ।

३ बैशाख २०७९ मा प्रकाशित
Nabintech