सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्धारा 133 औं शाखा गुलरीयमा स्थापना

पिपलबाेट संवाददाता


सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बर्दिया गुलरीयामा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।विहिवार एक कार्यक्रमका विच वैङ्कका संचालक समतिका अध्यक्ष राजेशकुमार श्रेष्ठले देशभरीमा १ सय ३३ औं शाखा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड गुलरीया शाखाको उद्घाटन गरेका हुन् । सरल बैंकिङ सवैका लागी भन्ने मुल नाराका साथ संचालक समितिका अध्यक्ष श्रेष्ले बैंकले अव किसानहरुका लागी सरल र सहज रुपमा सेवा दिने गरेर अगाडि बढ्ने वताए । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले देशैभरी डिजिटल प्रविधिका साथ सवै शाखा वाट आफ्ना सेवा सहज रुपमा जनतामा लैजाने प्रयास गर्ने उनले वताए । वैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बैंकले जनताको छिटो र सहज रुपमा सेवा प्रवाह गर्न लाग्नने वताए । कार्यक्रमा स्थानिय व्यापारी , राजनीतिक ,दल समाज सेवी लगायत विभिन्न बैंकका उच्च व्यवस्थापन समूह र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड लुम्विनी प्रदेशका प्रदेश प्रमुख विष्णु तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखाहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ

८ बैशाख २०७९ मा प्रकाशित
Nabintech