राप्ती सोनारीमा राप्रपा देखि सिके रावतको जनमत पार्टी सम्मका उम्मेदवारी दर्ता

पिपलबाेट संवाददाता


आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी देशैभर पहिलो पटक उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । राप्ती सोनारी गाउँपालिका अन्तरगत पालिकाको कार्यालयमा आज राप्रपा देखि सिके रावतको जनमत पार्टीको उम्मेदवार सम्मले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत टोपेन्द्र के.सीले जानकारी दिए ।
आज राप्ती सोनारी गाउँपालिकामा उपस्थित भएर राप्रपाको तर्फबाट राप्ती सोनारी वडा न. ९ वडा न. २ र जनमत पार्टीका तर्फबाट वडा न. ७ बाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत के.सीको भनाई थियो । राप्रपाको तर्फबाट वडा न. ९ मा टेक बहादुर डाँगी,सदस्यहरुमा यमुुना खत्री, अवाहन थापा,कालुराम थारु र कृष्णा सार्कीले उम्मेदवारी दर्ता गराएका हुन । यसैैगरी राप्रपको तर्फबाट वडा न. ९ मा वडा अध्यक्षको लागी मदन बहादुर कार्की,सदस्यहरुमा रिता थारु, भुम बहादुर खत्री, दुुखराम थारु र दलित सदस्यमा खुमी गहतराजले उम्मेदवारी दर्ता गराएका हुन । र राप्ती सोनारी वडा न. ७ बाट जनमत पार्टीको तर्फबाट वडा अध्यक्षमा फिदा हुसेन गड्डी, सदस्यहरुमा रुपरानी बर्मा, छविलाल गड्डी, शम्शेर शेख र दलित सदस्यमा शान्ति देवी पासीले उम्मेदवारी दर्ता गराएका हुन । आज अन्य मसाल माले, लगायतका दलले भने उम्मेदवारी दर्ता गराएनन । यसैगरी भोली सोमबार नेकपा एमाले, नेपाली काँग्रेस , माओवादी केन्द्र समाजवादी, र नेकपा एसले उम्मेदवारी दर्ता गराउने भएका छन् ।

११ बैशाख २०७९ मा प्रकाशित
Nabintech