नेपाली काँग्रेसले वनायो समावेसी उम्मेदवारहरु ५ जना थारु , २ महिला र १ जनजाती वडा अध्यक्ष

पिपलबाेट संवाददाता


आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट पाँचवटा वडा अध्यक्षमा थारु उम्मेदवारलाई उम्मेवार वनाएको छ । यस्तै नेपाली काँग्रेस कोहलपुरले वडा नं. ३मा अध्यक्षमा रामशंकर थारु, वडा नं.६मा श्री कृष्ण थारु ,वडा नं. ७मा पतिराम थारु ,वडा नं. ९ मा ठाकुर प्रसाद थारु र वडा नं.१५ मा दिपेन्द्र थारुलाई वडा अध्यक्षमा उम्मेदवार वनाएको छ । यस्तै नेपाली काँग्रेसले महिला सहभागिता पनि हुने गरेर उमेदवार छानेको देखिन्छ । कोहलपुर नगरपालिका वडा नं. ५ मा वडा अध्यक्ष नाराणयणी घिमीरे र वडा नं. १० मा वडा अध्यक्ष गौरा कुमारी भट्टराईलाई अध्यक्षमा उम्मेदवारी गराएको छ । यस्तै वडा नं ४मा मुस्लिम समुदायको प्रतिनिधित्व गराएको
छ । वडा नं. ४ मा मुवारक अलि गुजर वडा अध्यक्षमा उम्मेदवार वनाएको छ । यस्तै वडा नं. १४ मा जनजाती को प्रतिनिधित्व गदै पूर्व जिल्ला सदस्य नम वहादुर आलेलाई वडा अध्यक्ष को उम्मेदवार वनाएर नेपाली काँग्रेसले समावेसी उम्मेदवारहरुलाई बैशाख ३० को निर्वाचनको लागी उम्मेदवारी दर्ता गराएको हो । सवै जातजाती सवैको मागलाई कदर गर्ने पाटि भनेकै नेपाली काँग्रेस भएको उम्मेदवारी दर्तावाट पनि देखिएको स्थानियहरुको भनाई रहेको छ । यस पटक कोहलपुर नगरपालिकाको नेतृत्व नेपाली काँग्रेसको हुने कुरामा नेपाली काँग्रेसका युवा पिढी लागी परेको देखिन्छ ।

१३ बैशाख २०७९ मा प्रकाशित
Nabintech