नेपाली काँग्रेस कोहलपुर वडा नं. ८ ले पायो डायनामिक लिडर राना

पिपलबाेट संवाददाता


यहि बैशाख ३० गते हुन लागेको स्थानिय निकायको निर्वाचन कोहलपुर नगरपालिका वडा नं. ८ का नेपाली काँग्रेसका तर्फका वडा अध्यक्षका उम्मेदवार लाल वहादुर रानाले आफ्रनो घर कार्यक्रमलाई तिव्रता दिएका छन् । घर दैलोका क्रममा वडा वासीहरुले युवा उम्मेदवारलाई सवैले दिताउन लागी पर्ने प्रतिवद्धता गरेदै आएको रानाले वताए ।

आफु आमा बुवा,दाजु भाई ,दिदि बहिनी सवै जना संग भोट माग्न पुग्ने र सवैले आफुलाई सहयोग गर्ने आश्वासन दिए देखि आफु सारै खुसी भएको रानाले वताए । वडा अध्यक्षका उम्मेदवार राना विभिन्न संघ संस्थामा सफल कार्य गरेका व्यक्ति हुन राना उनले कोहलपुर नगरपालिकामा रहेको नमुना विद्यालय त्रिभुवन माविको व्यवस्थापन समितिको अध्यक्ष भएर सफल काम गरेका थिए ।यस्तै शितल छाँया सामुदायिक वन उपभोक्ता समितिमा पनि उनले उपाध्यक्ष पदमा रहेका सफल कार्यकाल सम्पन्नगरेका थिए । उनले कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भएका काम गरेका छन् रानाले ।

 

नेपाल तरुण दल कोहलपुर गाउँ ईकाई सदस्य , कोहलपुर सामुदायिक प्रहरीको सचिव भएर समेत काम गरेका अनुभवी युवा हुन लाल वहादुर राना । उनि यो भन्दा पनि नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख भएर लामो समय समाज सेवामा काम गरेको अनुभव समेत रानामा रहेको छ ।

रानाले समाज सेवाको क्रममा कोहलपुर ,बैजनाथ , लगाएतका पलिकामा हुने जस्तो सुकै विपतको समयमा पहिला उच्चारण हुने नाम हो लाल वहादुर राना , उनि विभिन्न आगलागी, वाढि , पहिरो , विभिन्न महामारी कोरोनाको समयमा कोहलपुरमा सधै अग्रमोचामा रहेर समाजसेवामा लागेका रानाले कोहलपुर वासीको सवैको मोवाईलमा रानाको नाम र नम्वर रहेको पाईन्छ । उनलाई रगत आवश्यक परेमा , एम्वुलेन्स आवश्यक परेमा विभिन्न खालका घरायसी झगडाहरु मिलाउन लगाएका सम्पूर्ण काम को लागी तखल रहेका राना जस्ता व्यत्ति उम्मेदवारको रुपमा कोहलपुर नगरपालिका वडा नं. ८ले नेपाली काँग्रेस वाट उम्मेदवार वनेका लाल वहादुर राना एक मात्र डायनामिक लिडर रहेकाले उनिको जित निश्चित हुने आफुहरुलाई लागेको कोहलपुर वडा नं. ८ का स्थानिय विष्णु अधिकारीले वताए । कोहलपुर वडा नं. ८मा नेपाली काँग्रेसका तर्फ वाट वडा अध्यक्ष लाल वहादुर राना , खुल्ला सदस्यहरु पहलमान बुढाथोकी , दिप वहादुर बुढाथोकी रहेका छन् ।

यस्तै महिला सदस्य रदलित महिला सदस्य केशर कुमारी रावत , देवि बि.क रहेका छन् ।

१७ बैशाख २०७९ मा प्रकाशित
Nabintech