एमाले जानकीद्वारा १४ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक

पिपलबाेट संवाददाता


नेकपा एमालेबाट जानकी गाउँपालिकामा अध्यक्षका उम्मेदवार हिमांशु यादवले आफुले निर्वाचित भएमा पहिलो प्राथामिकता आफ्ना पालिकाको छोरीहरुलाई साक्षर र शिक्षित बनाउने बताएका छन् ।

शुक्रबार १४ बुँदे प्रतिबद्धता पत्रलाई सार्वजनिक गर्दै उनले छोरीहरुको शिक्षालाई प्राथामिकतामा राखेर उनीहरुको शैक्षिक स्तरलाई बृढि गर्नमा आफ्नो जोड रहने बताउदै उनले भने,‘समय परिवर्तन हुँदैछ । सोही परिर्वतन अनुसार हाम्रा छोरी र उनीहरुको अभिभावकमा पनि विस्तारै छोरी शिक्षित हुुनुपर्छ भन्ने चेतानाको विकास हुँदै गईरहेको छ । तर अझै ंपनि पुराना सोंच भएकाले आफ्ना नानीहरुलाई शिक्षाको अधिकारबाट बञ्चित गराएको हुनाले त्यस्ता छोरीहरुको शिक्षामा मेरो जोड रहने छ ।’

सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक संरचनाहरुको विकास, किसानले मूल्य बनारीकरण, महिला तथा बालबालिका, अझैं विशेष त युवा रोजगार, त्यसैगरी खेलकुुद आदीलाई प्राथामिकतामा राखेका छन् ।

सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रतिबद्धता पत्रमा घरेलु महिलालाई उद्यमशिलताका लागि सीप प्रदान गरेर उनीहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने कुरालाई समेटिएको छ । त्यसैगरी सबै वार्डहरुमा जेष्ठ नागरिकका लागि दिवा सेवा भवनको निर्माण गरेर जेष्ठ नागरिकलाई सहयोग गरिने कुरा पनि समेटिएको छ । यसका साथै शिक्षामा पनि सामूदायिक र मदरसामा कक्षा १२ सम्म अनिर्वाय र निशुल्क कम्यूटर शिक्षा प्रदान गरिने कुरा उल्लेख गरिएको छ ।

भूमीहीनहरुको पहिचान गरी उनीहरुलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिने कुरा पनि उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा समावेश गरिएको छ । यसका साथै सबै नागरिकको स्वास्थ्य बिमा गरिने कुरा पनि उक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । मुटु रोगी बालबालिकालाई उपचारका लागि १ लाखसम्म सहयोग गर्नेे छ । १४ ओटा बुँदामा तयार पारिएको उक्त प्रतिबद्धता पत्रमा किसान परिचय पत्रदेखि युवा रोजगार हुँदै पर्यटन प्रवद्र्धनका विषयहरुलाई समेत समेटिएको छ ।

पार्टी केन्द्रीय सदस्य दिपा शर्मा, प्रदेश कमिटी सदस्य पदम धिताल, गोपी बुढा, हलिम शाह, जिल्ला उपाध्यक्ष डिल्ली विसी, सोही पालिकाबाट उपाध्यक्षको उम्मेदवार तथा पार्टीका जिल्ला उपसचिव भुमिसरा धिताल, विभिन्न वडामा वडा अध्यक्षका उम्मेदवारलगायतको उपस्थितिमा सो प्रतिबद्धतापत्र सार्वजनिक गरिएको कार्यक्रमको सहजिकरण किशोर थापाले गरेका थिए ।

१७ बैशाख २०७९ मा प्रकाशित
Nabintech