काँग्रेसका अगुवा नेताहरुको एउटै श्वर जसरी रुख चिन्हका उम्मेदवारलाई विजय गराउने प्रतिवद्धता

पिपलबाेट संवाददाता


कोहलपुर काँग्रेसका अगुवा तथा प्रभावशाली नेताहरुले एउटै मञ्चबाट रुख चिन्हका उम्मेदवारहरुलाई बिजयी गराउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ कोहलपुर नगर कार्य समितिले आयोजना गरेको शिक्षक, प्राध्यापक एवम् बुद्धिजिवी बीच नेपाली काँग्रेसबाट मेयर तथा उप–मेयरका प्रत्याशी सँगको अन्तरक्रिया कार्यक्रममा नगर क्षेत्रका काँग्रेस हेवी वेट नेताहरुले रुख चिन्ह लिएर चुनावी मैदानमा उभिएका सबै उम्मेदवारहरुलाई बिजयी बनाउन सकेमात्र ऐतिहासिक जित हासिल हुने धारणा राखेका छन् । महासमिति सदस्य पूmला राम थारु, महाधिवेशन प्रतिनिधी भानुभक्त
भट्टराई, पवनयादव,जिल्ला सदस्य राजेन्द्र श्रेष्ठ, नेपालीकाँग्रेस बाँके क्षेत्र नं. १ (ख) सभापति बलराम शर्मा लगाएतका अगुवा काँग्रेस नेताहरुले नगर प्रमुख पदमा आकांक्षी रहँदा केही मतभेद रहेपनि पाटीले निर्णय गरेर जुन व्यक्तिलाई टिकट दिएपनि सबै काँग्रेस नेता कार्यकर्ता एक भई रुख चिन्हका उम्मेदवार हरुलाई विजयी बनाउनु नै राजनीतिक धर्म भएकाले भ्रमको पछि नपर्न आम कार्यकर्ताहरु माअपिल गरेका छन् । प्रजातान्त्रिक अभ्यास गर्दा पाटीमा देखिने फरक मत र सामान्य विवादले निर्वाचनमा कुनै असर नपर्ने धारणा राख्दै नेपाली काँग्रेसका उम्मेदवारहरु लाई विजयी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा विधीपद्धती र अनुशासनलाई अवलम्बन गर्दै कोहलपुर नगर क्षेत्रमा ३० वर्षदेखि गुमेको शाख यतिबेला जोगाउन सकिने अग्रज नेताहरुको भनाई रहेको छ ।

१७ बैशाख २०७९ मा प्रकाशित
Nabintech