तुलाराम खत्रीको टोली पुग्यो घरदैलो गर्दै हरिहरपुरमा

पिपलबाेट संवाददाता


तुलाराम खत्रीको टोली पुग्यो घरदैलो गर्दै हरिहरपुर बाँकेको राप्तीसोनारी गाउँपालिका दुईमा काँग्रेसले चुनावी घरदैलो अभियानलाई तीब्र पारेको छ । काँग्रेसले वडाअध्यक्ष पदका उम्मेदवार तुलाराम खत्री, सदस्य पदका उम्मेदवारहरु भिमाकुमारी वली, हिमबहादुर बुढाथोकी, माया सुनार र प्रल्लाद थारुलाई उम्मेदवार बनाएको छ । अध्यक्ष पदका उम्मेदवार खत्रीसहितको टोलीले आज राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुर, हरिहरपुरलगायतका स्थानमा घरदैलो गरेको छ । त्यसक्रममा स्थानीयबासीले कटान नियन्त्रण, खानेपानी, शिक्षा, कृषिलगायतका समस्या समाधानका लागि आग्रह गरेका छन् । स्थानीयबासीको समस्याप्रति आफुहरु प्रतिबद्ध रहेको उम्मेदवारहरुले मतदातालाई विश्वास दिलाउनुभएको थियो ।

१८ बैशाख २०७९ मा प्रकाशित
Nabintech