घरदैलोमा काँग्रेसका उमेद्वारलाई जेष्ठ मतदाताको आशिर्वाद एवम् सद्भाव

पिपलबाेट संवाददाता


स्थानिय चुनावको मिति नजिकिदै गर्दा राजनीतिक दलका उमेद्वारहरु चुनावी गतिविधीमाआक्रामक रुपमा अगाडी बढि रहेको छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले कोहलपुर नगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमालिदै आप्mना चुनावी गतिविधीलाई व्यापकता दिइरहेका छन् ।


नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार पूर्ण प्रसादआचार्य र उप प्रमुखपदका उम्मेदवार संगीता सुवेदी सहितको समूह चुनावी घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित देखिएका छन् ।

आइतवार कोहलपुर नगरपालिका वडा नं.१ कैशिलानगरका मतदाताहरु माझआचार्य र सुवेदीले स्थानीय बासीको समस्या बुझ्दैै त्यसको सम्वोधनको प्रतिबद्धता जनाउँदा जेष्ठ नागरिकहरुले बिजयीको आशिर्वाद समेत दिएका छन् । युवा अनुहारलाई देखेपछि मतदाताहरुले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका समस्या सुनाएका थिए । ति समस्या समाधा गर्ने युवा पुस्तालाई आफुहरुले मतदिने प्रतिबद्धता जनाएका छन् । उनीहरुले कोहलपुर नगरपालिकाको विकासका लागि युवा पुस्ताको विकल्प नभएको समेत बताएका छन् ।

सम्बद्ध र विकसित कोहलपुर नगरपालिकाका लाई सार्थक पार्न काँग्रेसलाई जिताउन आचार्य र सुवेदीले आग्रह गरेका छन् ।वडा नं. १ मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा भोजेन्द्र बहादुर रेग्मी, वडा सदस्यहरुमा कृष्ण कुँवर योगी, मुनिदत्तधिताल, सतिदेवी तिमिल्सेना ढकाल र बालिका दमाई उमेद्वार रहेका छन् । नेपाली काँग्रेसका उमेद्वारहरुलाई बिजयी बनाउन घरदैलो कार्यक्रममा कोहलपुर क्षेत्रकाअगुवा नेताहरु नै बढि सक्रिय देखिएका छन् । नेपाली काँग्रेसका प्रभावशाली नेता बलराम शर्मा, भानुभक्त भट्टराई, राजेन्द्र श्रेष्ठ, चिन्तामणी धिताल, कृष्ण कार्की, नर बहादुर मल्ल लगाएतकाअगुवा नेताहरु पूर्ण–संगिता सहित १५ वटै वडाका वडाध्यक्षका उमेद्वारहरुलाई बिजयी बनाउन विशेष रणनीतिका साथ चुनावी गतिविधीहरुमा सक्रिय सहभागिता जनाउँदै आएका छन् ।

१८ बैशाख २०७९ मा प्रकाशित
Nabintech