नेपाली सेनादेखि शिक्षक हुँदै वडा अध्यक्ष पदका उम्मेदवार बनेका रेग्मी को हुन् ?

पिपलबाेट संवाददाता


सामाजिक काम, कडा मेहनत र परिश्रममा विश्वास गर्नुपर्छ भन्ने गतिलो उदारण हुन् भोजेन्द्र बहादुर रेग्मी । कोहलपुर वडा नम्बर १ मा विगतदेखि कौशिलानगरमा बस्दै आएका छन् । विहान उज्यालो भएदेखि राती नसुदासम्म जनताको पिर र चिन्ताले पिरोल्छ उनलाई । बुवा भक्त बहादुर रेग्मी र आमा किमसरा रेग्मीको कोखबाट सुर्खेत जिल्लाको मेहलकुनामा जन्मिएका भोजेन्द्र बहादुर रेग्मी । उनका १ छोरा र १ छोरी गरी दुईभाइबहिनी छन् ।

उनले १-५ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, ६-१० सुर्यज्योति मावि मेहलकुना र विए महेन्द्र बहुुमुखी क्याम्पस नेपालगञ्जबाट उर्तिण गरेका थिए । उनी २०५४ सालमा सुर्खेतबा कौशिलानगर बसाइसराई गरे । २०६४ साल भदौ १६ गते नेपाली सेनाबाट जमदार पदबाट अवकास प्राप्त भयो । नेपाली सेनाबाट आएपछि समाज परिवर्तनको बाटोमा हिड्ने सोचका साथ अगाडि बढे ।

उनको बुवाआमाको हौसलाले शिक्षाले मात्र गाउँ, टोल, समाज र देशको मुहार फेर्न सकिन्छ भन्ने लाग्यो । त्यसपछि सेन्चुरी एजुकेशनल एकेडेमी कोहलपुर २ मा विगत १३ वर्षदेखि संस्थापक प्रिन्सिपल भएर काम गरे । संस्थापक प्रिन्सिपलकै पहलमा विद्यालयको स्वरुप नै परिवर्तन भयो । ‘यो मेरो लगनशिल, मेहनत र परिश्रमकोे फल हो भन्छन् अध्यक्ष पदका उम्मेदवार रेग्मी भन्छन्’ समाज परिवर्तनका लागि निकै अहोरात्र खटिरहेका रेग्मी अहिले कोहलपुर १ बाट अध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

कोरोना महामारी भएको बेलामा सबैको घरघरमा खाद्यान्न, आर्थिक, सामाजिक, भौतिक समस्या समाधान गर्नका लागि पहल गरेको अध्यक्ष पदका उम्मेदवार रेग्मी बताउँछन् । अहिले फुलवारी टोल, सिद्धार्थ नगर, स्कुल टोल, मुसिकोट टोल, मैवा टोल, दुर्गा टोल, स्कुल टोल नेपाली काँग्रेसको राम्रो नतिजा आउने विश्वास रेग्मीले लिएका छन् ।

 

 

१८ बैशाख २०७९ मा प्रकाशित
Nabintech