नेपाली काँग्रेसका उम्मेदवारले वडा नं. १०मा सवै जनाको साथमा घरदैलो कार्यक्रम तिव्र पार्दै गौरा

पिपलबाेट संवाददाता


आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको क्रममा कोहलपुर नगरपालिका वडा नं. १०का नेपाली काँग्रेसका तर्फ वाट उम्मेदवार वनेकी गौरा कुमारी भट्टराईले आफ्नो चुनाबी घरदैलो अभियानलाई तिव्रता दिएकी छन् । यसै क्रममा आईतबार एकतानगर ,रामनगर, हाईस्कुल क्षेत्रमा आफ्नो घरदैलो गरेकी छन् । यसक्रममा भट्टराईले आफु अहिले सम्म जहिले पनि जनाको सेवक भएर काम गदै आएको र चुनाव जिताए पछि पनि आफुले जनताको नै काम गर्ने र जनचाहाना अनुसार वडामा विकास गर्ने उनले वताईन् ।

यस्तै वडा नं. १०का वडा अध्यक्ष निम बहादुर चलाउनेले आफुहरुले गर्न नसकेका केहि अधुरा र केहि गर्न नसकेका काम अव आउने अध्यक्षले गर्ने र गर्न लगाउने उनले वताए । उनले आफुले वडामा विकास गर्न धेरै खोज्यको तर नेपाली काँग्रेसको मेयर नभएकाले जनताको सवै सपना पुरा गर्न नसकेको वताए । यस पटकको वडा देखि नगर ,प्रदेश रसंघिय सम्म नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजय गराउन वडा वासीलाई आग्रह गरे । जव देशमा संकट हुन्छ त्यस समयमा जहिले पनि नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने गरेको सवैमा जानकारी भएको वताए । कोहलपुर नगरपालिका वडा नं. १० हाल सम्म जहिले पनि नेपाली काँग्रेसलाई वडा वासीले जिताउदै आएको र यस पटक पनि जिताउने कुरामा सवै आ–आफुनो ठाउ वाट लाग्नु पर्ने वताए । घर दैलो कार्यक्रमा नेपाली काँग्रेसका तर्फ वाट उम्मेदवार वनेका उम्मेदवारहरुलाई फुलमाला र टिकाले स्वागत समेत गरेका थिए । नेपाली काँग्रेसका तर्फवाट वडा अध्यक्ष गौरा कुमारी भट्टराई ,खुल्ला सदस्यहरु भिम प्रसाद पौडेल , श्यामलाल थारु महिला सदस्यमा रत्नमाया उपाध्याय , दलित सदस्यमा कमला नेपाली रहेका छन् ।

प्रचार प्रचारको समयमा वडा अध्यक्ष निम वहादुर चलाउने , वडा सदस्य गिता ओली , हरी प्रसाद थारु ,सुन्दरी नेपाली , लगाएका सहभागि रहेका थिए । यस्तै नर वहादुर मल्ल, कृष्ण पुन , सनत कुमार रेग्मी , दिग्गविजयजंग राणा , यज्ञ ओली ,चक्रदिप शाह, तिलक मल्ल , कृष्ण भुगाई ,प्रकास सिग्देल ,रतन वहादुर बुढा, चेतकान्त भट्टराई , विश्व लम्साल,निर्मल आचार्य , मिना सिग्देल , नरेश वान्तवा राई , ठाकुर भुषाल , वसन्त भट्टराई , वडा सभापति मेघ नाथ भट्टराई लगाएत करिव १५० जनाको सहभागिता रहेको थियो ।

१८ बैशाख २०७९ मा प्रकाशित
Nabintech