आचार्य र सुवेदीलाई मुस्लिम समुदायले दिए जितको शुभकामना

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेदवार संगीता सुवेदीले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना दिनुभएको हो । आज विहानै कोहलपुर नगरपालिका ९ स्थित इदगाहमा पुगेर आचार्य र सुवेदीले इदको शुभकानमा दिनुभएको हो । मुस्लिम समुदायको महत्वपूर्ण चाड इदको शुभकामना दिँदै उहाँहरुले सबै धर्म समुदायका चाड पर्वहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । कोहलपुर नगरपालिकामा सबै धर्म समुदायका मानिसहरुको बसोबास रहेकाले धार्मिक तथा सामाजिक सद्भावका दृष्टिकोणले नमुना सहर रहेको बताउनुभयो । उहाँहरुले मुस्लिम समुदायको हकहितको सवामा काँग्रेस सधै अगाडि रहेको पनि बताउनुभयो । त्यसक्रममा मुस्लिम समुदायले आचार्य र सुवेदीलाई जितको शुभकामना दिएका थिए ।

२० बैशाख २०७९ मा प्रकाशित
Nabintech