प्रतिबद्धतापत्र बोकेर आचार्य र सुवेदी घरघरमा

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसको तर्फबाट कोहलपुर कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्य र संगीता सुवेदीले कोहलपुर नगरपालिका वडा नं. ५ का मतदातासँग भेटघाट गरेका छन् । स्थानिय तहको निर्वाचनका क्रममा नेपाली काँग्रेसका उम्मेद्वारहरुले घरदैलो अभियान कार्यलाई तिव्रता दिएका छन् । सो क्रममा नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्यले वडा नं. ५ को विकासका लागि काँग्रेसका उम्मेद्वाहरुलाई बिजय गराउन आग्रह गरेका छन् । वडा नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि र खानोपानी लगायतका समस्या समाधान गर्नका लागि विशेष योजनाका साथ काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

घरदैलो अभियानका क्रममा उपप्रमुख पदकी उम्मेद्वार संगीता सुवेदीले कोहलपुरको समग्र विकासका लागि नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई आफ्नो अमूल्य मत दिई बिजय गराउन आग्रह गरेकी छिन् । घरदैलो अभियानमा कोहलपुर नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष पदका उम्मेदवार नारायणी घिमिरे, महिला सदस्य पदका उम्मेदवार खीमा केसी खत्री, दलित महिला सदस्य किरण दलामी, खुल्ला सदस्य कलसिंह वली र सीता कार्कीलगायतका सहभागी थिए । उम्मेदवारहरुले कोहलपुरलाई सम्बृद्ध र विकसित सहर बनाउने अभियानका साथ प्रतिबद्धतापत्र बोकेर घरदैलोमा जुटेका हुन् ।

२१ बैशाख २०७९ मा प्रकाशित
Nabintech