‘हाम्रा सन्तानले सुख पाउने गरी कोहलपुरको विकास गर्नु’

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेद्वार संगीता सुवेदीलाई कोहलपुरका वृद्धवृद्धाहरुले आफ्ना सन्तानले सुख पाउने गरी विकास गर्नु भन्दै आर्शीवाद दिएका छन् ।निर्वाचन प्रचार प्रसारका क्रममा कोहलपुर नगरपालिका वडा नं. १० पुगेका आचार्य र सुवेदिीाई आर्शीवाद दिँदै कोहलपुरको विगतका स्थानीय सरकारले आफ्ना सन्तानलाई सुख हुने गरी विकास नगरेको भन्दै आफ्ना सन्तानको भविष्यलाई हेरेर योजना बनाई काम गर्न आर्शीवाद दिएका छन् ।सो क्रममा नगर प्रमुखका उम्मेद्वार पूर्णप्रसाद आचार्यले कोहलपुरका जनताको भाग्य र भविष्य निर्माण गर्नका लागि एकपटक मौका दिन आग्रह गरेका छन् । उपप्रमुखका उम्मेद्वार संगीता सुवेदीले जनताको भावनाविपरित कुनै काम नगर्ने प्रतिवद्धता जनाउँदै एकपटक काँग्रेसलाई कोहलपुर नगरको विकास गर्नका लागि मतदान गर्न अनुरोध गरेकी छिन् ।यसैबीच, नगर प्रमुखका उम्मेद्वार पूर्ण आचार्यले नेकपाएमाले र माओवादी नेतृत्वको संघ र प्रदेश सरकार र एमालेको स्थानिय सरकारले कोहलपुर नगरपालिकामा थारु संग्राहालय बनाउन नदिएको बताएका छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित उपप्रमुख सञ्जुकुमारी चौधरीले कोहलपुरमा थारु संग्रहालय स्थापनाका लागि पहल गरे पनि नेकपाको सरकारले थारु संग्राहालय बनाउन नदिइएको बताइन् ।निर्वाचन प्रचारप्रसारका क्रममा कोहलपुर–६ को घरदैलो कार्यक्रममा बोल्दै उनले आफुहरुले थारुहरुको पहिचानलाई बचाउनका लागि र थारु समुदायको संस्कृतिको संरक्षणका लागिथारु संग्रहालय निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
उपप्रमुख पदकी उम्मेद्वार संगिता सुवेदीले कोहलपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख सञ्जुकुमारी
चौधरीका बाँकी रहेका कामहरु सम्पन्न गरी कोहलपुरको विकासमा यहाँका जनतासँग सहकार्य गर्ने बताएकी छिन् ।यस्तै कार्यक्रममा नेपाली काँग्रेसकी जिल्ला सचिव संन्जु कुमारी चौधरीले स्थानिय सरकारमा सरकार प्रमुख उप प्रमुख सवै एकै दलको भएका मात्र विकास सम्भव रहेको वताईन् । यस्तै नेपाली काँग्रेसका नेता तथा महाधिबेसन प्रतिनिधि भानुभक्त भट्टराईले कोहलपुर वडा नं. १० कै लुट वहादुर मेयर हुदा वडामा कति विकास भयो र अहिले उनैका छोराले के विकास गर्न सक्छन् त्यसको राम्रो मुल्याङन वडा वासीले गर्न जरुरी भएको वताए ।

२१ बैशाख २०७९ मा प्रकाशित
Nabintech