हामीले चुनाव जितिसक्यौं, अब मतपत्रमा बदलिन मात्र बाँकी छः पौडेल

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका तर्फबाट राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार तप्त बहादुर पौडेलले घरदैलोका क्रममा गाउँपालिकाबासीले देखाएको माया, सद्भाव र विश्वास देखेर आफूहरुले चुनाव जितिसकेको बताएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा आज आयोजित बृहत् कोणसभालाई सम्बोधन गर्दै पौडेलले भने, “१४ गतेदेखि हामी निरन्तर घरदैलोमा छौं, यहाँका स्थानीयहरुले हामी पुग्दा जुन माया, स्नेह, सद्भाव र विश्वास देखाउनुभएको छ, त्यो हेर्दा हामीले चुनाव जितिसकेका छौं, हामीले अध्यक्ष, उपाध्यक्षसहित ९ वटै वडा जित्छौं ।

No description available.

” पौडेलले आफूहरुप्रतिको अगाढ विश्वास अब मतपत्रमा बदलिन मात्र बाँकी रहेको बताएका छन् । उपाध्यक्षकी उम्मेदवार मनिषासिंह थारुले गाउँपालिकाबासीले कांग्रेसलाई ठूलो भरोसा गरिरहेकाले राप्तीसोनारीमा फेरि पनि कांग्रेसले जित्ने उद्घोष गरिन् । पालिका सभापति भिम बहादुर राना क्षेत्रीले राप्तीसोनारीबासीले यसअघि कांग्रेसलाई जिताएर सेवा गर्ने मौका दिएको र त्यो मौकालाई कांग्रेसले राम्रोसंग निभाएको भन्दै अपूरा कामहरु पूरा गर्न फेरि कांग्रेसलाई नै जिताउने मुडमा रहेको बताएका छन् ।

No description available.

कोणसभालाई वडा नम्बर २ का वडा अध्यक्ष पदका उम्मेदवार तुलाराम खत्रीले पनि सम्बोधन गर्दै वडाबासीको हितका खातिर आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

No description available.
No description available.
No description available.

२१ बैशाख २०७९ मा प्रकाशित
Nabintech