उद्योगी व्यावसायीको समस्यामा गम्भिर छु : पौडेल

पिपलबाेट संवाददाता


उद्योगी व्यावसायीहरुको समस्या समाधानका लागि आफू निर्वाचित भएपछि पहल गर्ने बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले बताउनुभएको छ । उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफू निर्वाचित भएपछि पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
आज विहिबार सम्सेरगन्जका व्यावसायी तथा उद्योगीहरु संगको घेटघाटका क्रममा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार पौडेल र उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारुले यस बिषमया गम्भिर भएर काम गर्ने उदघोष गर्नुभयो । सो क्रममा उद्योगी व्यावसायीहरुले सम्सेरगन्जको बजारको उचित व्यवस्थापन गर्न माग गर्दे चर्को करको समस्या समाधानका लागि अनुरोध गर्नुभएको थियो । उद्योगी व्यावसायीहरुले राप्तीसोनारी गाउँपालिकामा काम गर्ने जनप्रतिनिधिको खाचो रहेको र त्यस्तो उपयुक्त व्यक्ति पौडेल र थारु नै रहेको बताउनुभयो । उद्योगी तथा व्यापारीहरुले घरदैलोमा पुगेका उम्मेदवारहरुलाई बधाईको अग्रिम शुभकामना दिदै खादा ,अबिर र फूलमालाले स्वागत र सम्मान समेत गनुैभयो ।
घरदैलोको क्रममा नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी ,बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी ,क्षेत्र नम्बर १ का सचिव खुमबहादुर बस्नेत , नेपाली कांग्रेस बाँकेका पुर्व जिल्ला सदस्य एवं प्रदेश प्रतिनिधि पवन कुमार शाह ,नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिकाका सचिव सुरेश डांगी , कांग्रेस नेताहरु जोखि कुमार थापा ,टोपबहादुर खड्का ,बलबहादुर खड्का लगायत ठुलो संख्यामा कांग्रेस नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षमा नरेन्द्र वली ,वडासदस्य मानवहादुर वली ,रामनाथ थारु ,महिला सदस्यमा निमा देवी पुन र दलित महिला सदस्यमा मिना बिक उम्मेदवार रहनु भएको छ ।

२२ बैशाख २०७९ मा प्रकाशित
Nabintech