ककसमा आचार्यको प्रस्तुती, ‘समृद्ध नगर बनाउन युवासँग सहकार्य गर्छु’

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार पूर्ण प्रसाद आचार्यले सम्बृद्ध कोहलपुर नगर बनाउने अबिभाराका साथ आफु चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका
छन् । जेसिसले विहिबार कोहलपुरमा नगरपालिकाका प्रत्यासीसँग आयोजना गरेको ककस कार्यक्रममा आफ्नो दमदार प्रस्तुती दिँदै नगर प्रमुख पदका उम्मेदवार आचार्यले सम्बृद्ध कोहलपुर नगरपालिका बनाउने योजनामा समग्र युवाहरुसँगको सहकार्य र अग्रजहरुको साथ लिएर अघि बढ्ने उद्घोष गरे । ‘कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारकोरुपमा रहेको उदयामान सहर हो उनले भने–‘यो सहरलाई व्यवस्थित र विकसित शहरकोरुपमा विकास गर्नु हाम्रो दायित्व हो ।’उनले कोहलपुरको फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे । ‘हाम्रो घोषणापत्रमा पनि कोहलपुर नगरको विकासको खाका उल्लेख
गरेका छौं उनले भने ‘–निर्वाचित भएको एक सय दिनभित्र कोहलपुरको फोहोरको दीर्घकालिन व्यवस्थापन गरिने सुनिश्चिता व्यक्त गर्दछु ।’ कोहलपुरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन प्रबर्धन, युवा लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको भन्दै उनले शैक्षिक बेरोजगारको समस्यालाई हल गर्ने गरी योजना बनाएर अघि बढ्ने घोषणा
गरे । ‘थुप्रै कोहलपुरका युवाहरु बेराजगार हुनुहुन्छ, उनहरुलाई रोजगारीसँग जोड्न आवश्यक छ उहाँले भने–‘त्यसका लागि स्थानीय वित्तिय संघसंस्थासँग सहकार्य गरेर उनीहरुलाई रोजगारी प्रदान गरिने छ ।’ आफु निर्वाचित भए अवको पाँच वर्षमा कोहलपुरमा २५ हजार युवालाई रोजगारी प्रदान गरिने आचार्यले बताए। ‘म जस्ता पढेलेखेका कैयौं तन्नेरीहरु विदेशी भूमिमा छन् उहाँले भन्नुभयो–‘त्यहाँको सीपलाई यहीँको माटोमा उपयोग गरेर रोजगारी सिर्जना गर्ने योजना छ ।’यसो भनिरहँदा उनले सीपलाई प्रोत्साहन गरिने बताए । कोहलपुर नगरपालिकालाई शैक्षिक हवकोरुपमा विकास गरिने पनि बताए । गुणस्तरीय शिक्षा अहिले आवश्यकता रहेको भन्दै उनले शैक्षिण गुणस्तरका लागि शिक्षकहरुलाई समेत दक्षता प्रदान गरिने उनको भनाइ छ ।यस्तै उक्त कार्यक्रमा नेपाल एमालेका तर्फ वाट मेयरका उम्मेदवार खिल प्रसाद भुषालले कोहलपुर भष्टाचार मुक्त नगर वनाउने, कोहलपुर काम चोर कर्मचारी लाई कार्वाहि गर्ने र राम्रो गर्ने लाई सम्मान गर्न वताए । उनले शैक्षिक योग्यता भन्दा पनि जनतासंग को सहकार्यता नै पढि प्रभाव कारी हुने वताए । यस्तै स्वतन्त्र उमेदवार देवान्द अर्यालले कोहलपुरका दुई विद्यालयलाई आववासीय सहितको नमुना विद्यालय वनाउने , कोहलपुर डुडुवा को करिडोरमा ग्रीन व्यल्ड सहितको वाटो वनाउने वताए । यस्तै सवै न्यून आय भएका नगर बासीलाई २ लाख सम्मको विमा को व्यवस्था गर्ने वताए । यस्तै कोहलपुर वजार क्षेत्रमा सि.सि क्यामारा जडान गरेर चोरीको
रोख थाम गर्न लगाएका विभिन्न एजेण्डा सहीत आफनो भनाई राख्यका थिए । यस्तै नेकपा माओवादिका तर्फ वाट मेयरमा उम्मेदवार रहेका नरेन्द्र न्यौपानेले समग्र कोहलपुर निर्माणको खाका आफुले वनाई सकेकाले कोहलपुरको विकासको जिम्मा आफुले पाउने वताए । उनले भने कोहलपु्रका जनतालाई १० यूनिट पानी र ५० यूनिट बत्ति निशुल्क प्रदान गर्ने वताए । कोहलपुरका सवै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनको व्यवस्था मिलाउने भुमिहिनको समस्या समाधान गर्न पहल गर्ने वताए । कार्यक्रमा खेलकुद मन्त्री महेश्वर गहतराज , कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेल लगाएको सहभागिता रहेको थियो ।

२२ बैशाख २०७९ मा प्रकाशित
Nabintech