लुम्बिनी प्रदेशमा तीन सय ५२ जना महिला प्रमुख र उपप्रमुखमा भिड्दै

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशमा प्रमुख र उपप्रमुख महिला उम्मेदवारको संख्या घटेको छ । ०७४ को स्थानीय तह निर्वाचनमा १०९ पालिकामा करिव सात सय महिलाले प्रमुख र उपप्रमुमा उम्मेदवारी दिएका थिए । प्रमुख दलहरु वीच भएको गठबन्धनका कारण यस पटक महिला उम्मेदवारको संख्या ह्वात्तै घटेको तथ्यांकले देखाएको छ । यस पटक लुम्बिनी प्रदेशका १२ जिल्लाका करिव तीन सय ५२ जना महिलाले मात्र प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको जिल्लास्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । यो संख्या ०७४ सालको निर्वाचनभन्दा आधा कम हो ।
लुम्बिनी प्रदेशबाट एक सय तीन जना जनजाती, ५७ मधेसी, १४ दलित र १० जना मुस्लिम महिलाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीका आठ वटा पालिकामा ६७ जना महिलाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । ति मध्ये २१ मधेसी, जनजाती २०, मुस्लिम र दलितका दुई–दुई जना महिलाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, आठ वटा पालिका भएको बर्दियामा ४७ जना महिलाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको जिल्लास्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दिएका मध्ये २५ जना थारु र चार जना दलित महिला छन् । त्यहाँ मधेसी र मुस्लिम तथा अल्पसंख्यक महिलाले प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्ने अवसर पाएका छैनन् ।
रोल्पा जिल्लामा १० वटा पालिका छन् । त्यहाँ ४५ जना महिलाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार रोल्पामा १७ जना जनजाती तथा दुई जना दलित महिलाले प्रमुख र उपप्रमुखमा प्रतिस्पर्धा गर्दै छन् ।
उता, दाङमा ११ जनजाती, तीन दलित तथा दुई मधेसीसहित २७ जना महिला प्रमुख र उपप्रमुखको दौड्मा छन् । दाङमा १० वटा पालिका छन् । दाङमा अघिल्लो निर्वाचनमा एमाले, कांग्रेस र माओवादी केन्द्रबाट मात्र ३० जना महिलाले प्रमुख र उपप्रमुखमा प्रतिस्पर्धा गरेका थिए ।
बाँकेमा ८ वटा पालिका छ । यी सवै पालिकामा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजबादी पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीको संगठन छ । तर, यहाँ यस पटकको निर्वाचनमा २६ जना महिलाले मात्र प्रमुख र उपप्रमुखका लागि चुनावी मैदानमा छन् । कांग्रेस र जसपाको गठबन्धनले नेपालगन्जका मेयर र उपमेयरमा पुरुषलाई उम्मेदवार बनाएका छन् । जानकी गाउँपालिकामा पनि माओवादी केन्द्र र जसपा गठबन्धनले प्रमुख र उपप्रमुखमा पुरुषलाई उठाएका छन् । भने, राप्तीसोनारी, बैजनाथ र खजुरामा जसपाले उपप्रमुखमा उम्मेदवारी दिएको छैन ।
सत्ता गठबन्धन दलले पाल्पाका धेरै पालिकाको प्रमुख र उपप्रमुखमा पुरुषलाई उम्मेदवार बनाएका छन् । त्यहाँ आठ जनजाती सहित १६ जना महिलाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरि, अर्घाखाँचीमा एक जनजाती महिलासहित १५ जना महिलाले मात्र प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिन पाएका छन् । पूर्व रुकुममा एक दलित र एक जनजाती सहित तीन जना महिलाले मात्र प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको जिल्लास्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नौँ वटा पालिका भएको प्यूठानमा पनि पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिने महिलाको संख्या एकदमै न्यून भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ पनि महिलालाई प्रमुख र उपप्रमुख उम्मेदवार बनाउन गठबन्धनले असर गरेको छ ।
प्यूठानमा प्रमुख र उपप्रमुखका कुल ७८ उम्मेदवार मध्ये १६ जना महिलालाई मात्र उम्मेदवार बनाइएको छ । ति मध्ये चार जना जनजाती र एक जना दलित महिलाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको जनाइएको छ । त्यहाँका अधिकांश पालिकामा दलहरुले तालमेल गरेका छन् । ‘तालमेलको असर प्रमुख र उपप्रमुख उम्मेदवारमा परेको छ,’ नयाँ पत्रिकाकर्मी शशीधर भण्डारीले भने ।
पश्चिम नवलपरासीतीन नगरपालिका र चार वटा गाउँपालिका रहेको पश्चिम नवलपरासीमा २४ जना महिलाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । गठबन्धन भएको दलहरुले प्रमुख र उपप्रमुखमा पुरुषलाई उम्मेदवार बनाए गठबन्धन नगरेका दलले पालिका उपप्रमुखामा महिलालाई स्थान दिएका छन् ।
मधेसी बाहुल्य पश्चिम नवलपरासीमा २४ महिला मध्ये अधिकांश मधसी महिला रहेका छन् । ति मध्ये चार जना थारु दुई जना मधेसी दलित महिलाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालय कपिलबस्तुका अनुसार,

२२ बैशाख २०७९ मा प्रकाशित
Nabintech