यस पटक काँग्रेसलाई कोहलपुरमा बिजय गराउछौं ः मतदाता

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाका मतदाताहरुले यस पटक काँग्रेसलाई बिजय गराउने बताएका छन् । विगत ३० वर्षदेखि कम्प्युनिष्टलाई बिजय गराएपनि जनताको भावनाअनुसार विकास नगरेको भन्दै यस पटक काँग्रेसलाई बिजय गराउने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेसबाट कोहलपुर नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्य, उपप्रमुख पदकी उम्मेद्वार संगिता सुवेदिले कोहलपुर नगरपालिका वडा नं. ४ मा निर्वाचन प्रचार प्रसार अन्तर्गत घरदैलो अभियानका क्रममा कोहलपुरमा यस पटक काँग्रेसलाई मतदाताहरुले बिजय गराउने प्रतिवद्धता जनाएका छन् । कोहलपुर नगरपालिका वडा नं. ४ को बेलनपुर र गवा लगायतका जनताहरुसँग भेटघाटका क्रममा जनताले यस पटक काँग्रेसलाई बिजय गराउने प्रतिवद्धता जनाएका छन् ।


सो क्रममा नेपाली काँग्रेसबाट नगर प्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्यले कोहलपुरका जनताले एउटै पार्टी र एउटै व्यक्तिलाई धेरै पटक अवसर दिँँदा कोहलपुरका जनताले विकासको महसुस गर्न नसकेको बताउँदै एक पटक काँग्रेसलाई समुन्नत कोहलपुर बनाउनका लागि निर्वाचित गराउन आग्रह गरेका छन् । नगर उपप्रमुख पदकी उम्मेद्वार संगिताले कोहललपुर नगर भित्रका महिलाहरुलाई विकासको मुलधारमा ल्याउन र महिला सशक्तिकरणमा जोड दिँदै कोहलपुरलाई महिला सुरक्षित शहर बनाउने प्रतिवद्धता जनाएकी छिन् । नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिका वडा नं. ४ मा वडा अध्यक्ष पदका उम्मेद्वार मुवारक अलि गुजर, खुल्ला सदस्यहरुमा नजर अलि बेडवा, पवित्रा कुमारी थारु, महिला सदस्य निर्मला थापा र दलित महिला राम दुलारी पासि रहेकी छिन् ।

२३ बैशाख २०७९ मा प्रकाशित
Nabintech