‘पार्टीको विश्वालाई जनमतबाट स्थापीत गर्नेछु-उम्मेद्वार सन्दिप’

पिपलबाेट संवाददाता


नेपालगन्ज उप महानगरपालिका वडा नं. १३ कब वडा अध्यक्षका उम्मेद्वार सन्दिपजंग शाह युवा पुस्ताका चिरपरिचत अनुहार हुन । चुनावी प्रचार प्रसारमा स्थानीय लालापुरुवामा भेटिएका शाह भन्छन-‘स्थानीय तह चुनाव मात्रै होईन लोकतन्त्रिक मुल्य र मान्यताका लागी हुने आन्दोलनका मोर्चामा पनि म सँधै फ्रन्टलाईनमा उभिन्छु ।’ कांग्रेस उम्मेद्वार रहेका शाह थप्छन-‘स्थानीय तह भनेको प्रतिपक्ष विहिन सरकार हो,त्यध पनि जनताको घर नजिकको त्यसैले जनताको सेवाका लागी पार्टीले खटाएको म सदावहार कांग्रेस कार्यकर्ता हुँ ।’ जनप्रतिनिधिले जनताको जनजिविका उनिहरुका दिनहुँका काम जन्म दर्ता देखि मृत्युको पञ्जिकरण,नारिकता देखि बसाँईसराईका काम छिटो र सजिलो बनाईदिने हो । चुनाव जितेपछी वृद्ध वृद्धाले पाउने सेवालाई सहज बनाउनु मेरो पहिलो कर्म हुनेछ । कृषलाई समयमा मल विउविजन उपलब्ध गराउने मेरो धेय हो । शाह अगाडी थप्छन-‘मिठो भाषण र खोक्रा घोषणा पत्र भन्दा जनताका डे टू डेका काममा सहजता ल्याईदिनु स्थानीय सरकारको मुख्य अधिभारा ठान्नु पर्छ ।’

सबै समुदाय र तप्काका जनतालाई वडा कार्यालयमा सहज पहुँचका लागी जनप्रतिनिधि सँगै कर्मचारीबीच तालमेल गतिलो हुनुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको नीति निर्देशन,देशको मुल कानुन ऐन सँगै विधि र प्रक्रियालाई थप स्थापीत गर्दै जनसेवा गर्नु आफ्नो लक्ष्य भएको बताउने शाहले समय र आबश्यकता अनुसार उपलब्ध बजेटको परिधिभित्र रहेर विकास निर्माणलाई थप अघि बढाउन म प्रतिबद्ध रहनेछु । त्यति मात्रै होईन केन्द्र र प्रदेश सरकारसँग यस वडाका लागी आबश्यक पर्ने थप बजेटका लागी म समन्वय गरेर जनताले चाहेको विकास कार्यक्रम ल्याउन हरसम्भव प्रयास गर्नेछु । घर दैलो कार्यक्रम चुनावी कार्यक्रम हो म निर्वाचित भए भने वडामा पर्याप्त समय दिएर जनताका स्वास्थ्य,शिक्षा,महिला शसक्तिकरण,बेरोजगारी लगायतका समस्यालाई सम्बोधन गर्नेछु । घरेलु तथा मझौला उद्योग सञ्चालनका लागी,कृषी ब्यवसाय सहित साना लगानीका कार्यक्रम वडा तहमै तर्जुमा गरेर।मथिल्लो निकायमा थप बजेटका लागी पहल गर्ने मेरो सोंच छ शाहले आफ्ना योजना सुनाउँदै भने । उनि थप्छन-‘पार्टीले मलाई विश्वास गर्नु भनेको युवालाई विश्वास गरेको भन्ने बुझ्नुपर्छ । त्यसैले पार्टीको यो विश्वासलाई म जनताको विश्वाबाट जनमतमा बदल्नेछु ।

२४ बैशाख २०७९ मा प्रकाशित
Nabintech