कोहलपुर १५ का मतदातासँग काँग्रेसका उम्मेदवारको भेटघाट,थारु अगुवाहरुको भेलाले आचार्य र सुवेदीलाई जिताउन अभियाण शुरु गर्दै ,

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. १५ का मतदाताहरुसँग नेपाली काँग्रेसबाट नगरप्रमुख पदका उम्मेद्वार पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख पदका उम्मेद्वार संगिता सुवेदीले भेटघाट गरेका छन् । बैशाख ३० गते हुने निर्वाचनको प्रचार प्रसारका क्रममा कोहलपुर नगरपालिका वडा नं. १५ का मतदाताहरुसँग भेटघाट गर्दै नगर प्रमुख पदका उम्मेद्वार पूर्ण आचार्यले कोहलपुर नगरपालिका वडा नंं. १५ लाई कृषि जोनका रुपमा विकास गरिने बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाको आगामि नेतृत्व छनौट गर्दा वडा नं. १५ का जनताले एक पटक काँग्रेसलाई अवसर दिन अनुरोध गरेका छन् । सो अवसरमा नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगर उपप्रमुख पदका उम्मेद्वार संगिता सुवेदिले कोहलपुर १५का आदिवासी, महिला, आर्थिक रुपमा पछाडि परेका जनताका पक्षमा काम गर्ने प्रतिवद्धता जनाउँदै काँग्रेसका उम्मेद्वारलाई बिजय गराउन अनुरोध गरेकी छिन् ।


कोहलपुर नगरपालिका वडा नं. १५मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदका उम्मेद्वार दिपेन्द्र कुमार चौधरी, खुल्ला सदस्य पदका उम्मेद्वारहरु सन्त कुमार थारु, सन्त कुमार थारु, महिला सदस्य अनिता कुमारी बुढाक्षेत्री र दलित महिला सदस्य प्रिया बस्फोर रहेकी छिन् । यस्तै नेपाली काँग्रेस कोहलपुरमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजय गराउने उद्देश्यले थारु अगुवाहरुको भेला सम्पन्न भएको छ । भेलाले यस पटक मेयर र उपमेयर नेपाली काँग्रेसलाई जिताउन लागी पर्ने एक साथ निर्णय गरेका छन् । यस्तै नेकपा एमाले ले काँग्रेसले थारुलाई टिकट नदिदा आफुहरुले दिएको भनेर भ्रम फैलाएको हुदा उक्त भ्रमलाई चिर्नको लागी सवै थारु एक ठाउमा भेला गर्नु परेको थारु नेता जागेश्वर थारुले जानकारी
गराए । थारु कुनै पनि उम्मेदवारले उप मेयरमा उम्मेदवारी माग नगरेको कारण यस पटक थारु उपमेयर हुन नसकेको सवै जनाले वताए । सवै थारु नेताहरु मेयर पदको लागी निवेदन पेस गरेको काले नै उपमेयर नभएको निश्कश निकालेका थिए । भेलामा कोहलपुरका करिव ६० जना भन्दा पढि थारुहरुको भेला भएको थियो ।


जिल्ला सचिव सन्जु चौधरी ,फुलाराम थारु , जागेश्वर चौधरी ,राम प्रसाद थारु मुन्सी थारु , जिलेदार थारु , बजारु थारु , पुरण थारु , तुल्सी थारु लगाएका उपस्थिती रहेको थियो ।

 

२४ बैशाख २०७९ मा प्रकाशित
Nabintech