इलाका प्रहरी कार्यालय कोहलपुरद्धारा बेवारीसे कपडा वरामत

पिपलबाेट संवाददाता


ईलाका प्रहरी कार्यालय कोहलपुर वेवारीसे अवस्थामा रहेको कपडा वरामत गरेको छ । शनिबार कोहलपुर बसपार्क नजिक रहेको पूर्व पश्चिम राजर्मागको छेउमा राखिएको उक्त कपडा कोहलपुर प्रहरीको गस्टीमा रहेको प्रहरीले बरामत गरेको छ । वरामत गरिएको कपडा करिव २लाख ४० हजार वरावरको मूल्यको रहेको प्रहरीले जानकारी गराएको छ । बरामत गरिएको कपडामा लेडिज सुट १२० थान र जेन्स सुटको कपडा ३४ थान रहेको छ । उक्त कपडा आवश्यक जाँच बुझको लागि राजश्व कार्यालय कोहलपुरलाई बुझाएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी गराएको छ ।

२५ बैशाख २०७९ मा प्रकाशित
Nabintech