मतदाताको गुनासो सुन्दै,भोट माग्दै पौडेल

पिपलबाेट संवाददाता


राप्तीसोनारी गाँउपालिका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेले आज मतदातालाई प्रत्यक्ष भेटेर गुनासो सुनेका छन्  ।

मतदाताहरुको घरदैलोमै पुगेर उनीहरुका गुनासो सुनेको र धेरैका गुनासोलाई आफूले टिपोर्ट गरेको उहाँले बताए । अब प्रचार प्रसार गर्ने समय अन्तिम चरणमा पुगेका मतदाता भेटघाट कार्यलाई तिब्रता दिएको उहाँले बताए ।

भेटघाटका क्रममा मतदाताहरुले सिंचाई, खानेपानी, बाटोघाटो, मल विउ लगायतका समस्या सुनाएका थिए । ती समस्या समाधान गर्ने योजना रहेको बताउदै अध्यक्ष पदका उम्मेदवार पौडेलले जनताको सेवामा सधै सर्मपित हुने प्रतिवद्धता जनाए ।

यसैक्रममा आज उनले गाँउपालिका वडा नम्बर २ को हरीहरपुरमा भेटघाट गरेका छन्  । यस्तै वडा नम्बर ६ मा पनि मतदातासंग भेटघाट गरिएको छ । अध्यक्ष पदका उम्मेदवार पौडेल र उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारु लगायतले मतदाता भेटघाट गरिरहेको नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्रीले जानकारी दिए ।

२६ बैशाख २०७९ मा प्रकाशित
Nabintech