निर्वाचनमा विजय भएपछि आफु नेपाली काँग्रेसको मात्र नहुनेः आचार्य

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको प्रमुख तथा उपप्रमुखका उम्मेदवार पूर्णप्रसाद आचार्य र संगिता सुवेदीले कोहलपुर नगर पालिका वडा नं. १० मा घरदैलो गरेका छन् । घरदैलो गर्ने क्रममा उनले स्थानिय निकाय अहिले सम्म कोहलपुर मा नेकपा एमालेको कव्जामा रहेकाले जनताले भने जस्तो विकास हुन नसकेको वताए । यस पटक नेपाली काँग्रेसका उम्मेदवारलाई वडा देखि केन्द्र सम्म विजय गराउनु भयो भने कोहलपुर को साथै नेपालकै मुहान फेर्ने उनले वताए ।

कोहलपुर वडा नं. १०मा विकासको केहि काम भएको र बाकी कामलाई आफुले जित्यमा मुख्य प्राथमीताका साथ काम गर्ने वताए । कोहलपुर वडा नं. १० मा वढि थारु र कर्णाली बासी आमा बुवा ,दाजु भाई ,दिदि वहिनी हरु बसोवास गर्ने गरेका हुदा यस वडामा सवै क्षेत्रको प्रतिनिधित्व गर्ने टिम नेपाली काँग्रेसको तर्फ वाट उम्मेदवार रहेको वताए । कोहलपुर वडा नं.१० मा नेपाली काँग्रेसको तर्फ वाट अध्यक्ष पदमा उम्मेदवार बनेकी गौरा भट्टराईले यस पटक महिला नेतृत्वलाई जिलाउन सवैलाई आग्रह गरिन् । घरदैलो कार्यक्रम रामनगर ,आसीटोलका सवै जनाको घरमा पुगेका थिए पुर्ण आचार्य र संगीता सुवेदी । मतदान हुने दिन जति नजिग आयो उति सवै वडाहरु वाट पुर्ण आचार्यको माग वढ्दै गएको छ समय प्राप्त नभएकाले सवै ठाउमा पुग्न नसेपनि सवैको मन र कुरा आफुले बुझेको आचार्यले वताए । आफुले निर्वाचन जित्य या हारे पनि सवै कोहलपुर वासीको घर घरमा पुग्ने आचार्यले प्रतिद्धता जाहेर गरेका थिए । कोहलपुर सवै जना मिलेर मात्र वनाउन सकिन्छ । आफुले निर्वाचन जित्य पछि नेपाली काँग्रेसको मात्र काम गर्ने र अन्य दललाई टाढाको रुपमा आफुले कहिले पनि नहेर्ने वताए ।

२६ बैशाख २०७९ मा प्रकाशित
Nabintech