आचार्य र सुवेदीसहितका उम्मेदवार लखनवाको घरदैलोमा

पिपलबाेट संवाददाता


कोहलपुर २७ बैशाख

नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगीता सुवेदीसहितका उम्मेदवारहरु चुनावी प्रचारका लागि कोहलपुर नगरपालिका–७ लखनवामा निस्किएका छन । वडअध्यक्ष पदका उम्मेदवार पतिराम थारु थारु, सदस्य पदका उम्मेदवारहरु सविता चौधरी, चवरिया चमार, इन्द्रलाल थारु र लोकबहादुर खड्कासहितका उम्मेदवारहरु घरदैलोमा निस्किएका हुन् । कोहलपुरलाई सम्बृद्ध बनाउने महाअभियानका साथ आचार्य नेतृत्वको टिम मतदातामाझ आफ्ना एजेण्डा सुनाउँदै, मतदाताका समस्या बुझ्दै सुन्दै र सम्वोधनको प्रतिबद्धतासहित चुनावी घरदैलोमा व्यस्त भएको महासमिति सदस्य फुलाराम थारुले जानकारी दिए । प्रचारप्रसारका लागि आज अन्तिम दिन भएकाले उम्मेदवारहरुलाई भ्याइनभ्याइ भएको छ । आजराती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । त्यसैले पनि उम्मेदवारहरु दवावमा छन् । नगरप्रमुख पदका उम्मेदवार आचार्यले चुनावी प्रचारप्रसारका क्रममा आफु सबैको घरआँगनमा पुग्ने प्रयास गरेको तर समय अभावका कारण कतिपयको घरमा पुग्न नसकेकोमा क्षमा माग्दै मतदानमा सहभागी हुन सबैलाई आव्हान गरेका छन । उनले कोहलपुरलाई सम्बृद्ध, सम्मुनत र विकसित सहर बनाउने आफ्नो योजना रहेको भन्दै यसमा साथ दिन सबैलाई आव्हान गरे । कोहलपुर नगरपालिकाको सबैभन्दा कान्छो उम्मेदवार समेत रहनुभएका आचार्यप्रति मतदाताहरुको रुझान समेत लोभलाग्दो देखिएको छ । आचार्यसहितको टोली घरघरमा पुग्दा मतदाताहरुले विजयीको शुभकामना दिँदै भिजन र मिसन भएका युवाहरुलाई जिताउने प्रतिबद्धता जनाउने गरेका छन् ।

२७ बैशाख २०७९ मा प्रकाशित
Nabintech