राप्ती सोनारी गाउँपालिकामा कांग्रेसका पौडेल र मनिषा निर्वाचित

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र मनिषासिंह थारु निर्वाचित भएका छन् । पौडेलले (१०११२) मत प्राप्त गरेर विजय भएका छन् । यस्तै उप प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मनिषासिंह थारुले (१०१३४) मत प्राप्त गरेर विजय भएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले(९१४०)मत उप प्रमुखले ९३४१ मत र नेकपा माओवादीका प्रमुख उम्मेदवारले ९२९२ र उप प्रमुखले ८७९३ मत प्राप्त गरेका थिए । यस्तै हलोका प्रमुखले १६५० उप प्रमुखले १७८९ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमाले निर्वाचित भएको छ । भने, वडा नम्बर ४, ५ र ७ मा माओवादीका वडा अध्यक्ष निर्वाचित भएका छन् । यस्तै वडा नम्बर ६ मा भने राप्रपा निर्वाचित भएको छ । उक्त गाउँपालिकामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ५ वटा वडा जितेको थियो ।

३ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech