बाँकेको जानकी गाउँपालिकामा मतगणना स्थगित भएको छ । सोमबार अपरान्ह ५ बजेदेखी बन्द भएको गणना अझै सुरु हुन सकेको छैन ।
उक्त गाउँपालिकामा कांग्रेसका छब्बन खाँ र रामप्यारी यादवले भारी मतले अग्रता लिएका थिए । मतगणना चलिरहेका बेला एमालेका प्रतिनिधीले असन्तुष्टी जनाउँदै बाहिर निस्केपछि बन्द भएको हो ।
एमालेले पुनः मतगणना गर्नुपर्ने माग गरेको छ, भने कांग्रेस, जसपा, माओवादी लगायत दलले मतगणनालाई अगाडी बढाउनुपर्ने बताइरहेका छन् । मतगणना सञ्चालन गराउने प्रयास जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
३ जेष्ठ २०७९ मा प्रकाशित