कार्य सम्पन्न नहुदै रावतद्धारा बसपार्क टर्मिनल भबनको उद्घाटन

कमिसनको लागी नगरविकास कोषको ऋणवाट बसर्पाक निर्माण


पिपलबाेट संवाददाता


स्थानिय निर्वाचन को मत परिणाम गणना हुदै गर्दा कोहलपुर नगरपालिका भने कोहलपुरमा निर्माण सम्पन्न नभएका केहि संरचना उद्धाटन गर्न लागी परेको छ । कोहलपुरमा निर्माण हुन लागेको लामो दुरीको बसपार्क टर्मिनल भबनको उद्घाटन गरेको छ । कोहलपुर नगरपालिका नगर कार्यपालिकाको आयोजनामा आयोजित एक समारोहका बिच कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शिला अनाबरण गर्दै सो भबनको उद्घाटन गरेका हुन् । नगर विकास कल्याण कोष वाट ऋण लिएर बसर्पाक निर्माण गर्न लागेको हो । कोहलपुरमा नगरविकास समितिले ३ वर्ष पहिला मात्र निर्माण गरेको बस पार्क हुँदा हुदै कोहलपुर नगरपालिकाले नगर विकास कोष वाट ऋण लगेर बसर्पाक निर्माण गरेको हो ।
बसर्पाक निर्माण सम्पन्न नहुदै जेठ ५ गते देखि विदा हुन लागेको मेयर लुट वहादुर रावतले ५० प्रतिशत काम सम्पन्न नहुदै उक्त मंगलबार बसर्पाक उद्घाटन गरेका हुन । शिला लेखमा आफ्नो नाम लेखाउने वहानामा सम्पन्न नभएको बसर्पाकमा विना गाडी बसर्पाक उद्घाटन गरिएको हो । कोहलपुर नगरपालिकामा जनप्रतिनिधि आए देखि कोहलपुरमा कुनै ठुलो विकास निर्माण गर्न नसकेका लुट वहादुर रावतले जानेवेलामा समेत कार्य सम्पन्न नभएको बसपार्क आफ्नो कार्यकालमा नै उद्घाटन गरेकाहुन । उक्त बसर्पाक निर्माणको डिपिआर करिव गरेको क्षेत्रफल भन्दा कम क्षेत्रफलमा निर्माण गरिएको बसर्पाक हो । हाल संचालनमा रहेको बसपार्क रहदा रहदै पनि कमिसनको खेल र आफुले काम गरेको देखाउनको लागी मेयर लुटवहादुर रावतले ऋण लिएर उक्त बसर्पाक बनाउन लागेका थिए । लामो दुरीका बसहरु छुटने गरि निर्माण गरिएको सो बसपार्क भित्र अत्याधुनिक शौचालय, स्वास्थ्य जाँचको ब्यबस्था र प्रहरीको युनिटसमेत रहने बताइएको छ । निर्माण ब्यबसायी टेकबहादुर खडकाले तोकिएको सम्झौता अबधि अगाबै उक्त बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिने बताएका छन् ।निर्माण व्यवासायीले कोहलपुर नगरपालिकालाई हस्तान्त्रण नगदै हतारमा जाने समय दुई दिन बाकी रहेको समयमा उक्त बसर्पाकको हतारमा रावतले मंगलबार उद्घाटन गरेका छन् । कोहलपुर बसर्पाक बाट हाल सम्म लामो दुरीको कुनै पनि गाडि छुट्ने नगरेको र सवै गाडि नेपालगन्ज बसर्पाक वाट छुट्दै आउने गरेको बागेश्वरी यातायात का अध्यक्ष मन प्रसाद आचार्यले वताए । कोहलपुरमा अहिले बसर्पाक भन्दा सभाहलको आवश्यकता रहेको स्थानियहरु वताउछन् । कोहलपुर नगरका मेयर लुट बहादुर रावतको विषेश पहलमा निर्माण गरिएको कोहलपुरको एक मात्र सान र गौरवको योजना कोहलपुर भ्यू टावर भने उद्घाटन गर्न रावतले भ्याएका छैनन् । कोहलपुर कुरुप हुने गरेर निर्माण गरिएको उक्त भ्यू टावर समयमा निर्माण गर्न रावतको धेरै नै दवाफ रहेको श्रोतले दावि गरेको छ । कोहलपुरको अर्को चिनारी नया बसपार्क हुनेछ प्रमुख अतिथि लुट बहादुर रावतले आफनो मन्तब्यको क्रममा बताए । आफनो कार्यकालका लागि बसपार्क निर्माण निकै महत्वपुर्ण रहेको चर्चा गर्दै उनले नगरपालिकाको यथेष्ट बजेट नभएपनि कोहलपुर नगर विकास समितिको ऋण सहयोगले समयमै बसपार्क निमार्ण गर्न सकिएको बताए ।
कोहलपुर वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न बसपार्क टर्मिनल भबनको उदघाटन शत्रमा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल गिरी, डोलराज अर्याल, नगरका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, घरेलु महासंघ कोहलपुरका अध्यक्ष हेम बिक्रम जि.सि. र नगरकार्यपालिका आर्थिक विकास संयोजक डिल बहादुर परियार लगाएतले मन्तब्य राखेका
थिए ।

३ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech