वडा नं. १०मा गौरा भट्टराई को प्यानल विजय

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा कांग्रेसबाट गौरा भट्टराईको पुरै प्यानल बिजयी भएको छ ।
भट्टराई ले १४३३ मत ल्याउदै वडा अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमाले अध्यक्षका उम्मेदवार हेमकुमार रावतले १०५० मत प्राप्त गरेका छन् ।
कोहलपुरका नगर प्रमुखमा कांग्रेसका उम्मेदवार पुर्ण आचार्यले भट्टराईसँगै निर्वाचित उनको पुरै प्यानल बधाई दिदै कार्यकालको शुभकामना दिएका छन् । कोहलपुर वडा नं. १० को सदस्य रत्नमाया उपाध्यायले १३६७ दलित महिला कमला नेपालीले १३१८ , खुल्ला सदस्य भिम पौडेलले १२६४ र श्यामलाल थारुले १२९३ मत प्राप्त गरेर विजय भएका हुन । कोहलपुर नेपाली काँग्रेसका तर्फ वाट मेयर पदका उम्मेदवार पुर्ण प्रसाद आचार्यले ११६२४ उप प्रमुख संगिता सुवेदीले ११८९३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले १०५४६ उप मेयरले ११५६४ मत प्राप्त गरेका छन् । अव वडा नं. ८, ७र ९ नम्वरको मत गणना गर्न वाकी रहेको छ। पुर्ण आचार्यले १०७८मतको अग्रता कायम गरेका छन् । सुवेदीले ३२९ मतले अग्रता कायम गरेर अगाडि बढेकी
छन् ।

७ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech