कोहलपुरका प्रमुख आचार्य र उपप्रमुख सुवेदीले पद सम्हाले

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले पदभार सम्हालेका छन् । मुख्य निर्वाचन अधिकृत समेत रहेका बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सोमबार नगर प्रमुख आचार्यलाई सुरुमा पद तथा गोपनियताको सपथ खुवाएका थिए । त्यसपछि नगर प्रमुख आचार्यले उपप्रमुख सुवेदीसहित १५ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सो क्रममा नगर प्रमुख आचार्य र उपप्रमुख सुवेदीले पद सम्हालेका थिए ।

निर्वतमान नगर प्रमुख लुटबहादुर रावतले नवनिर्वाचित प्रमुख आचार्यलाई र निर्वतमान उपप्रमुख सञ्जुकुमारी चौधरीले नवनिर्वाचित उपप्रमुख सुवेदीलाई पद हस्तान्तरण
गरिन् । सो क्रममा नवनिर्वाचित जनप्रतिनिधी, निर्वतमान जनप्रतिनिधी, विभिन्न दलका प्रमुख तथा प्रतिनिधी, निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । पदभार सम्हाले पछि विभिन्न ७ वडा निर्णय आचार्यले गरेका छन् । नगरबासीलाई नगरपालिकाले प्रदान गर्ने सेवाको बारेमा सुसुचित गर्ने , गुनासो व्यवस्थापन गरी सुशासन कायम गर्ने एंवम विपद व्यवस्थापनमा सहज हुने गरी एक टोल फ्रि (नि शुल्क पोन गर्न सकिने )संचालनमा ल्याउने । निर्वाचनको वखतमा कोहलपुर बासी आमा बुवा दाजु भाई एंव दिदि बहिनि हरुसंग गरिएकाप्रतिबद्धता पूरा भए नभएको जानकारी संचार गर्न एंव विभिन्न विषयहरु संवोधन गर्न प्रत्येक महिना नगर प्रख आफै जनता समक्ष उपस्थित हुने र अन्तक्रियमा भाग लिने गरी सिधा कुरा मेयर संग कार्यक्र म संचालनमा ल्याउने ,यस नगरपालिकामा श्रम शक्ति आवश्यक पर्ने प्रतिष्ठान एवं पटके कार्यलागि त्यस्तो जनशक्ति उपलव्ध गराउन एंव बेरोजगार (सीप युक्त र सीप नसिकेका ) व्यक्तिहरुलाई रोजगारीमा आवद्ध गर्ने उद्देश्यका साथ एक रोजगार बैंक श्रम बैंक स्थापना गर्ने , नगरपालिका भित्र बसोवास गर्ने अति विपन्न सुदाय एंव लक्षित बर्गका विद्याथीहरुलाई प्राथमिकता दिई उच्च शिक्षा(स्नातक तह) सम्म निः शुल्क अध्ययनको लागि छात्रवृत्ति उपलव्ध गराउन सरकारी विश्रविद्यालयका अंगिक क्याम्पस संग सहकार्य गरिने ,कोहलपुर नगरपालिकाको सामाजिक ,पूर्वाधार विकासका अलावा आर्थिक विकासमा समेत टेवा पुराउने गरी नगरपालिकाको समग्र आर्थिक अवस्था विश्लेसण गरी ६ महिना भित्र प्रतिवेदन तयार गरी सो को आधारमा वजेट योजना तथा कार्यक्रम तर्नुमा गर्ने ,नगरपालिकामा विभिन्न विषयको अध्ययन अनुसन्धान गरी नगरपालिकालाई सुझाव सल्लाह दिई नीति निर्माणमा टेवा पुड्ढयाई नगरपालिकाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले विभिन्न विषयका विज्ञहरु संलग्न भएको एक विज्ञ समूह गठन गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेका छन् । उनले भने कोहलपुरमा अव सवैलागेर कोहलपुरको विकासका लागी लाग्नु पर्ने वताए । आफुले निर्वाचन वाट आएको नतिजालाई विजेता र उप विजेताको रुपमा लिएर कोहलपुर वनाउन लाग्न सवै कोहलपुर बासीलाई आग्रह गरेका थिए । कोहलपुरमा नगरपालिकाको हिजो के कस्ता काम भए र के गल्ती भयो भन्ने कुरा सवैले छाडेर अव कोहलपुर कस्तो वनाउने भन्ने वालेमा लाग्न कर्मचारी र जनप्रतिनिधिलाई आग्रह गरेका थिए । आफुवाट केहि कमि कमजोरी भएका आफुलाई आएर सम्झाउन सधै कोहलपुर नगरपालिकाकाको गेट सधै खुल्ला रहने वताए । हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट आचार्य र सुवेदी निर्वाचित भएक थिए । नवनिर्वाचित कोहलपुर नगरपालिकाका मेयर श्री पुर्ण आचार्यले पदभार ग्रहणको साइतमा तत्कालीन सशस्त्र जनयुद्धका बेला २०५९ जेठ २२ गतेका दिन मारिनु भएका कोहलपुर १२ निबुवाका स्व. भोज बहादुर चन्दको स्मृतीमा ज्ञानज्योति माध्यमिक विद्यालय चपरगौढीमा असहाय, विपन्न र द्वन्द्व पीडित बालबालिकाको पठनपाठनमा सहयोगका लागि आफ्नो निजी खर्चमा रू. १ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका खिलप्रसाद भुसाललाई पराजित गर्दै आचार्य निर्वाचित भएका थिए । यस्तै नेकपा एमालेकी अस्मिता थारुलाई पराजित गर्दै सुवेदी निर्वाचित भएकी थिइन् ।

९ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech