आलेको पहिलो निर्णय: आफुले पाउने तलबभत्ता बिपन्न बर्गको हितमा खर्चिने

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं – १४ का निर्वाचित जनप्रतिनिधिहरुले सोमबार पदभार ग्रहण गरेका छ्न । पदभार ग्रहण गर्दै वडा कार्यपालिकाको बैठकले अध्यक्ष नम बहादुर आलेले सरकारबाट पाउने तलबभत्ता कर कट्टी गरि बिपन्न तथा गरीब बर्गको हितमा खर्च गरिने निर्णय भएको छ । बिपन्न्न तथा गरिव समुदायलाई राहत पुगोस् भन्ने उदेश्यले आफ्नो तलब भत्ता उनिहरुकै लागि उपयोग गरिने अध्यक्ष आलेले बताए । उनले आफुले चुनावी अभियानका क्रममा बोलेका कुरालाई पूरा गर्ने बिश्वास दिलाए । अबको पाँच वर्ष स्थानीयबासीको हितमा खर्च गर्ने उनको भनाइ छ। अघिल्लो निर्वाचनमा जनप्रतिनिधिहरुले जनताको सवालमा प्रभावकारी काम गर्न नसकेको भन्दै उनले ती सबै सवाल सम्बोधन गर्ने गरि काम गर्ने बाचा दोहोर्याए । घरदैलोमा जाँदा धेरैले गुनासो गरे उनले भने- ` अबको पाँच वर्षमा ती गुनासोको सम्बोधन गर्छु।´ आफू कुनै लोभ लालचमा नफस्ने उल्लेख गर्दै उनले समान र बिभेदरहित ढंगले सेवा प्रबाह गर्ने उदघोष गरे । पदभार ग्रहण कार्यक्रममा बोल्दै अग्रज नेता तथा समाजसेवी रामलौटन यादबले जन्ताको हितमा अबको समय खर्छ गर्न जनप्रतिनिधिलाई सुझाव दिए । उनले चुनावी प्रतिबद्धता अनुसार काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छ्न ।

१० जेष्ठ २०७९ मा प्रकाशित
Nabintech