कोहलपुर विकासको लागी सवै जना सवै ठाँउ बाट लाग्नु पर्छ : मेयर आचार्य

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई कोहलपुर उद्योग बाणिज्य संघकाले बधाई एंव परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र वहादुर अधिकारी ले कोहलपुर उद्योग बाणिज्य संघ र कोहलपुर नगरपालिका विच नङ र मासुको सम्वन्ध रहनु पर्ने वताए । उनले भने कोहलपुर नगरपालिकाका र कोहलपुर उद्योग बाणिज्य संघ विच कुरा नमिल्दा कोहलपुरका व्यावसायी हरुले मन खोलेर कोहलपुर नगरपालिकालाई सहयोग गर्ने वातावरण रहेको थिएन तर अहिले आएका जन प्रतिनिधिहरुले कोहलपुरमा उद्योग बाणिज्य संघ संग हात मिलाएर काम गर्ने वातावरण वनाउन आग्रह सकेत गरे । उनले भने अहिले कोहलपुर उद्योग बाणिज्य संघकी बाणिज्य तर्फको उपाध्यक्ष संगिता सुवेदी नै कोहलपुरको नगरपालिकाको उप मेयरमा विजय भएकोले पनि व्यापारीहरुले अत्यन्त खुसी भएको वताए । यस्तै कार्यक्रमका बोल्दै कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरको काविल संस्था भएको वताए । कोहलपुर हामी सवैको हो कोहलपुर वनाउन सवै जना सवै ठाउ बाट लाग्नु पर्ने वताए ।

उनले भने कोहलपुर बजारमा देखिएको फोहोरले कोहलपुर बासी सचेत नागरिकहरुलाई फोहोरले जिस्काई रहेको आफुलाई आभाष भएको वताए । फोहोरको वारेमा नगरपालिकाले गर्नु पर्ने कुरा के हुन बुदाँगत र संस्थागत आएमा आफुहरु यो विषयलाई अगाडि वढाउन तयार रहेको वताए । कोहलपुर को विकास नहुदा कोहलपुरका कुनै पाटि र कुनै दललाई मात्र समस्या नभएको यो सवैको समस्या भएको वताए । बाँके जिल्लामा कोहलपुर रहेका राष्ट्रिय दलका नेताहरु बाँकेमा सवै कोहलपुरका नेताले जिल्लाको नेतृत्व गरेकाले यस समयमा कोहलपुरको विकास गर्न सवै क्षेत्र लागेमा कोहलपुरको विकास सम्भव रहेको वताए । कार्यक्रमा कोहलपुर नगरपालिकाकी उप मेयर संगिता सुवेदीले कोहलपुर नगरपालिकाले कोहलपुर उद्योग बाणिज्य संघको निर्माण भैरहेको भवनको लागी पनि आगामि वजेटमा समावेस गरेर सहयोग गर्ने वताईन् । उनले भनिन् कोहलपुरमा रहेका एकल महिला र पछाडि परेका महिला दिदि वहिनी आमाहरुलाई सिप विकासका विभिन्न कार्यक्रम गरेर महिला उद्यमी वनाउन आफुहरुले पहल गर्ने वताईन । कोहलपुरमा घरभाडा को समस्याले कोहलपुरका व्यापारीहरु पिडामा रहेकाले यस विषयमा समाधानको बाटो खोजेर समाधान गर्न आफु लागी पर्ने वताईन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ लुम्विनी प्रदेश सदस्य नरेन्द्र शर्माले कोहलपुर अहिले युवाको हातमा आएकाले कोहलपुर वनाउन सवैले सहयोग गर्नु पर्ने वताए । उनले भने स्थानिय सरकारमा पक्ष र बिपक्ष कहिले पनि नहुने र सवै पक्षमा हुने भएकाले सवै मिलेर कोहलपुरको मुहार फेनुपर्ने वताए । कार्यक्रमका सभापति कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले कोहलपुर उद्योग बाणिज्य संघले सुरु गरेको सि.सि क्यामरा जडान कार्यलाई नगरपालिकाले सहयोग गर्न आग्रह गरे । उनले कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरको विकासको लागी कहिले पनि पछि नहट्ने वताए । उनले भने यस भन्दा पहिला पनि कोहलपुर नगरपालिकालाई समस्या परेको समयमा कोहलपुर उद्योग बाणिज्य संघले जहिले पनि सहयोग गदै आएको वताए । कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरको फोहोर व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको वताए । कार्यक्रममा कोहलपुर नगरपालिकाका सवै जनप्रतिनिधिहरुलाई खादा लगाएर सम्मान
गरिएको कोहलपुरउद्योग बाणिज्य संघका महासचिव मात्रिका सापकोटा ले जानकारी गारए । यस्तै कार्यक्रममा स्वागत मन्तव्य संघका बरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराईले गरेका थिए ।

१० जेष्ठ २०७९ मा प्रकाशित
Nabintech