सामाजिक संघ संस्था सवल र सक्षम भएमा मात्र नगरपालिका पनि सवल र सक्षम हुने :आचार्य

पिपलबाेट संवाददाता


कोहलपुरमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु सवल र सक्षम भएकमा मात्र कोहलपुर नगरपालिका सवल र सक्षम हुने कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले कोहलपुर बृहत साना सहरी खानेपानी तथा उपभोक्ता संस्था कोहलपुरले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा भनेका थिए । आचार्यले मानव जिवनमा सवै भन्दा ध्यान दिनुपर्ने कुरा नै स्वच्छ खानेपानी भएकाले खानेपानी सफा स्वच्छ भएमा मानिसलाई देखा पर्ने विभिन्न खालका स्वास्थ्य समस्याहुन वाट वचाउने वताए ।

कोहलपुर खानेपानी संस्थालाई सहयोग गर्ने कुरामा कोहलपुर नगरपालिकाको क्षमताले गर्न सकिने र गर्न मिल्ने खालका सहयोग गर्न आफु तयार रहेको आचार्यले वताए । नगरपालिकाको दायरा भन्दा ठुलो रकमको लागी प्रदेश र संघिय सरकार संग कुरा गर्न र योजना लगेर संगै जान आफु तयार रहेको वताए । कोहलपुर क्षेत्रको सवै भन्दा पुरानो खानेपानी संस्था रहेको हुदाँ यसले दिने सेवा सुविधा पनि वढि रहेको आफुले ध्यान दिने वताए । यस्तै कार्यक्रमा कोहलपुर नगरपालिकाका वडा नं. ११का अध्यक्ष कल्पना अधिकारीले कोहलपुर खानेपानी कोहलपुरका लागी अति महत्व पूर्ण योजना भएकाले यसलाई सवै क्षेत्रबाट सहयोग गर्नु पर्ने वताईन ।  उनले भनिन वडामा सिलिङ भन्दा बढि वजेट नआउने भएकाले वडा वाट आफुहरुले केहि गर्न नसक्ने वताईन ।आफु भन्दा माथि नगरपालिका भएकाले यसको वारेमा नगरपालिकाले नै केहि गर्न सक्ने वताईन् । यस्तै कार्यक्रमका सभापति कोहलपुर बृहत साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष नर वहादुर मल्लले जन प्रतिनिधिलाई सम्मान गदै कोहलपुर नगरपालिकाले यो भन्दा पहिला आफुहरुलाई हेर्नै द्रष्टी नराम्रो भएको वताए । कोहलपुर नगरपालिकाले कोहलपुर खानेपानीले संरक्षण गरेर राख्यको वडा नं २ र ११मा रहेको जमिन खानेपानी संस्थालाई जनकारी नगराएर वडा नं.२मा रहेको जमिनमा वडा कार्यालय निर्माण र ११मा रहेको जमिनमा लवर्पाक निर्माण गरेको वताए । यसरी कोहलपुर खानेपानी लाई कोहलपुर खानेपानीको मात्र समस्याको रुपमा बुझदा यसले पछि पर्ने असर नराम्रो हुने मल्लले वताए । कुनै नगर सफल हुनको लागी बाटो ,खानेपानी ,विजुली बत्ती अवश्य हुनु पर्ने कुरा भएको वताए । उनले भने आफुले पहिलाका मेयर लुट वहादुर रावतलाई पटक पटक भन्दा पनि कुनै पुरा नसुन्ने भएकाले अव आएका जन प्रतिनिधिले त्यस्तो कुन नदिन पहल गर्नु पर्ने वताए । कार्यक्रमा नव निर्वाचित सवै जन प्रतिनिधिलाई खादा र माला ले सम्मान गरिएको थियो । स्वागत तथा सम्मान कार्यक्रमको स्वागत संस्थाका कोषाध्यक्ष  एकनाराण चापागाईले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव प्रेम कटवाल ले गरेका थिए ।

११ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech