उपमेयर सुवेदीद्धारा पदभार ग्रहण

पिपलबाेट संवाददाता


स्थानिय निर्वाचन २०७९को वाट कोहलपुर नगरपालिकामा उपप्रमुखमा निर्वाचित संगिता सुवेदीले एक कार्यक्रमका विच बुधबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गदै सुवेदीले आफुहरुलाई कोहलपुर बासी जनताले आफुहरुको विश्वास र विकासको आसा गरेर विजय गराउनु भएको छ । त्यो विश्वास आफुले कोहलपुर वासीहरु विश्वासको अनुभुती हुने गरेर आफुले काम गर्ने सुवेदीले वताईन् । आफुले एकल महिला , बालबालिकाहरु ,युवा युवतीहरुको लागी विशेष ध्यान दिने वताईन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले मेयर र उपमेयरका फरक फरक काम हुने भएकोले काम प्रति आफुहरु हरवखत तत्पर भएर जनताको काम मा लाग्ने प्रतिवद्धता व्यक्तगरेका थिए । आचार्यले आफुहरु निर्वाचित भएर आएको केहि दिन भएकाले कामको चाप वढेको र केहि कामहरु थाति भएकाले काम सम्पन्न गर्नु पर्ने भएको वताए । आगामी वर्षको नीति तथा कार्यक्रम र यस आर्थिक वर्षको निर्माण भएका योजनाहरुको भुक्तानी दुवै विषय ले आफुहरुलाई च्यापेको आचार्यले वताए । यस कारण पनि आफुहरु केहि दिन धेरै नै विजीहुनु पर्ने अवस्था आएको जानकारी गराए । यस समयलाई सवै कोहलपुर बासीहरुले बुझदिनुपर्ने भएको वताए । मेयर आचार्यले भने सपथ खाएकै दिन पदभार ग्रहण गरेका थिए ।

११ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech