फरक फरक सडक दुर्घटना मा दुई जनाको मृत्यु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा बुधबार यहाँ एक जनाको मृत्यु भएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नं को भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नं को अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।सो घटनापछि केहीबेर सडक जाम भएको थियो। यस्तैमोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाँसगढी नगरपालिका–२ मदाहाका २५ वर्षीय आशिस चौधरीको बुधबार मृत्यु भएको हो ।मधुवन नगरपालिका–४ मख्खनचोक स्थित हुलाकी सडक खण्डमा ढोढरीदेखि भुरीगाउँतर्फ जाँदै गरेको लु ६२ प ४७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दिउँसो ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको पिलरमा ठोक्किँदा चौधरी गम्भीर घाइते भएका थिए।

११ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech