हार्डवयर व्यवसायीद्धारा जनप्रतिनिधिलाई बधाई तथा सम्मान

पिपलबाेट संवाददाता


नवनिर्वाचित कोहलपुर नगरपालिकाका जनप्रतिनिधिलाई कोहलपुर हार्डवयर व्यवसायी संघले एक कार्यक्रमका विच बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
कोहलपुर हार्डवयर व्यवसायी संघको कार्यालयमा आयोजना गरेको कार्यक्रमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य बिशिष्ट अतिथि उपमेयर संगिता सुवेदी र वडा नं. १०की अध्यक्ष गौरा कुमारी भट्टराई रहेका थिए । बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गदै कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले कोहलपुरमा व्यावसायीहरु का विभिन्न समस्याहरु रहेका छन् यस्ता समस्याको समाधान गर्न आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । व्यवसायी हरुका वयवसाय चोरीहुनु बैंक,घरवेटीहरु वाट पटक पटक हुने भाडाको विवाद वाट व्यवसायीहरुमा परेको समस्या समाधानको लागी समाधानको वाटो खोजिने आचार्यले वताए । कोहलपुर वनाउन सवै क्षेत्र वाट सवै जनाले रचनात्मक सहयोगको आफुले अपेक्षा गरेको वताए । स्थानिय सरकार संग भएको सिमित वजेटवाट कोहलपुरको विकास एकै पटकमा गर्न कठिन हुने आचार्यले वताए ।


प्राथमिकताका आधारमा विकासका कामहरुलाई अगाडि वढाउन आफुहरु लाग्ने जानकारी गराए । नगर प्रमुख आचार्यले कोहलपुरमा व्यवसायी गर्ने व्यवसायी मित्रहरुलाई आफुले पनि सार्वजनिक क्षेत्रलाई ओगडेर व्यापार व्यवसायी गरेर आफुलाई सहयोग गर्न समेत आग्रह गरेका थिए । यस्तै कार्यक्रमका बिशिष्ट अतिथि संगिता सुवेदीले कोहलपुर क्षेत्रका व्यवसायहरुका समस्याहरु समाधान गर्नको लागी स्थानिय सरकारले पहल गर्ने र व्यवसायीहरु पनि स्थानिय सरकारमा आफुनो व्यपार व्यवसाय दर्ता गरेर स्थानिय सरकारलाई सहयोग गर्न पनि आग्रह समेत गरिन सवै मिलेर समस्याको समाधान गर्न लाग्नु पर्ने सुवेदीले आग्रह गरिन । यस्तै कोहलपुर नगरपालिका वडा नं. १०की वडा अध्यक्ष गौरा कुमारी भट्टराईले कोहलपुर नगरपालिकामा आएको नया नगर सरकारले जनतामुखी कार्य गर्नु पर्ने वताईन् साथै उनले भनिन् आफुहरुलाई विजय वनाउन पहल गर्न सवैले सफल वनाउन सवैको सहयोग र साथको आवश्यकता रहेको वताईन् ।कार्यक्रमका सभापति संघका अध्यक्ष कुमार उप्रेतीले कोहलपुरमा व्यवसायी सुरक्षा को प्रत्याभुती नभएको वताए ।
धेरै व्यवसायीहरुको पसल चोरी भएको र सि.सि टिभिमा मानिस देखिदा समेत प्रहरीले त्यसको खोजी गर्ने चासो नदिएको वताए । चोरीको साथै कोहलपुरमा हुने सादा पोषाकका  प्रहरीको समेत व्यवसायीहरु विभिन्न खालका दुःख दिने गरेको गुनासो समेत राख्यका थिए । कार्यक्रमा कार्यक्रम संचालन संघका महासचिव लोक वहादुर बुढाले संचालन गरेका थिए भने कार्यक्रमा स्वागत मन्तव्य संस्थाका सचिव रविन्द्र वस्नेतले गरेका थिए ।

१२ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech