जनकल्याण सहकारी संस्थाद्धारा वडा नम्वर ६ का जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

पिपलबाेट संवाददाता


जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. कोहलपुरले कोहलपुर नगरपालिका वडा नं. ६ का जननिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेका छन् । सहकारी संस्थाले वडा नं. ६का वडा अध्यक्ष श्रीकृष्ण थारु , महिला सदस्य लिला रेग्मी, दलित महिला सदस्य सुनिता सुनार ,खुल्ला सदस्य पिठुलाल थारु र गोविन्द वाग्लेलाई वधाई तथा सम्मान गरेका हुन् ।कार्यक्रमका प्रमुख अतिथि वडा नंम्वर ६ का अध्यक्ष श्री कृष्ण थारुले सहकारीले किसानका समस्यालाई समाधानकालागी सहजिकरणको भुमिका खेल्दिनहुन अनुरोध समेत गरेका थिए । अहिले किसानहरु मल र विउ नपाई रहेको अवस्थामा किसानले सहजरुपमा पाउने वातावरण वनाउन सहकारीले भुमिका खेल्नु पर्ने वताए । यस्तै कार्यक्रमा सहकारीका संस्थापक अध्यक्ष लिल बहादुर रानाले आफुहरुले सहकारी स्थापना गर्दा ४० जना सदस्यहरु र ४० हजार रुपैया वाट २०६४ सालमा स्थापना गरेको सहकारीले अहिले विभिन्न खालका काम गदै आएको वताए । सहकारी अहिले बाके जिल्लामै मह प्रसोधन केन्द्र भएको एक मात्र सहकारीको रुपमा परिचय वनाउन सफल भएको वताए । सहकारीले विभिन्न खालका तालिमहरु किसानलाई उपलव्ध गराउदै आएको पनि जानकारी गराए । साथै सहकारीमा अहिले १००० जना भन्दा पढि सदस्यहरु आवद्ध भएको समेत जानकारी गराएका थिए । यस्तै कार्यक्रमको सभापतित्व गरेका सहकारीका अध्यक्ष हरि श्रेष्ठले किसानका हरुलाई आफुहरुले मल र विउ उपलव्ध गराउदै आएको र यस वर्ष सरकारले मल उपलव्ध नगराएकाले केहि ढिला भएको र आएपछि किसानलाई सहज रुपमा उपलव्ध गराउने प्रतिवद्धता व्यक्ति गरेका थिए । सहकारीले कोहलपुर वडा नं.६, १५मा मल वितरण गर्ने जिम्मा पाएको समत जनकारी गराएका थिए । कार्यक्रमा स्वागत मन्तव्य संस्थाका सचिव कृष्ण प्रसाद आचार्यले गरेका थिए भने कार्यक्रम संचालन लेखा समिति सदस्य खगिसरा रानाले गरेकी थिईन्

१३ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech