कोहलपुरको फोहोर व्यवस्थापनको लागी मेयर आचार्यको ल्यानफिल्ड साईडको निरिक्षण

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकामा जनप्रतिनिधि आएदेखि आफ्नो कामलाई तदारुपता दिन थालेका छन् । मंगलबार कोहलपुर नगरपालिकाका मेयर सहितको टोलीले लामो समय देखि विवादमा रहेको कोहलपुरको फोहोर व्यवस्थापनको लागी सरस्वती सामुदायिक वनमा निरिक्षण गरेका छन् ।निरिक्षण गदै कोहलपुर मेयर पुर्ण प्रसाद आचार्यले कोहलपुरको फोहोर व्यवस्थापनको लागी दिर्धकालिन समस्या समाधानको लागी सामुदायिक वन संग आफुले कुरा अगाडि वढाउने र त्यसको समाधान खोज्न आफुले पहल गर्ने वताए ।


कोहलपुरको फोहोर व्यवस्थापनका लागी पहिला वातावरण अनुकुलताको लागी इआईए गरेर सम्भावनाको खोजी गरेर अगाडि वढाउने वताए । आफुले सामाुदायिक वनसंग कसरी अगाडि वढ्न सकिन्छ भन्ने वारेमा पहल गरेर अनि मात्र योजना वनाएर अगाडि वढ्ने वताए । कोहलपुरको फोहोर व्यवस्थापनको लागी ल्यानफिल साईड निर्माणको लागी जमिन भएमा मात्र विभिन्न संस्थाहरुसंग वजेटको लागी पहल गर्न सजिलो हुने भएकाले आफुले पहर सुरु गरेको वताए । मेयर आचार्यले कोहलपुर वासी केहि व्यापारहरुले आफुनो व्यापार वाट निस्किएको फोहोर सिधै वाटोमा फाल्दा नै कोहलपुरमा फोहोर वढि देखिने गरेको आचार्यले वताए । कोहलपुरमा फोहोर राख्नको लागी सवै पसलमा र घरमा वाल्टीको व्यवस्था गरिएको छ तर स्थानियहरुले फोहोर वाटोमा फाल्ने गरेको पाईन्छ ।यस्तो कार्यले कोहलपुरको सभ्यतामाथि प्रश्न उठ्न थालेको वताए । कोहलपुर नगरपालिका सफा र सुन्दर वनाउनको लागी सवै क्षेत्र र सवैको पहल हुन आवश्यक रहेको वताए । सवैको पहल भएमा मात्र नगरपालिकाले वजेट र जनशक्तिको व्यवस्था गर्न पहल गर्ने वताए । आचार्यले कोहलपुर सफा र स्वच्छ वनाउन कोहलपुर वासीहरु संग सहयोगको लागी आग्रह गरे । निरिक्षणमा कोहलपुर नगरपालिकाका उममेयर संगिता सुवेदी ,प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल ,सरस्वती सामुदायिक वनका अध्यक्ष नर वहादुर मल्ल लगाएतको टोलीले निरिक्षण गरेका थिए ।

१८ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech