कोहलपुर वडा नं.८मा आगामि आर्थिक वर्षको वजेट विनियोजनको लागी टोल भेला सुरु

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नं. ८ले वडाका विभिन्न टोलमा आगामि आर्थिक वर्ष २०७९/२०८०का योजना छनौटको लागी टोल भेला सुरु गरेका छन् । कोहलपुर नगरपालिका वडा नं. ८मा नयाँ आर्थिक वर्षको लागी ५५लाख वजेटको सिलिङ्ग गएको छ । वडा अध्यक्ष लाल वहादुर रानाले वताए ।त्यहि वजेटमा रहेर वडामा रहेका ८वटा टोल समितिमा छलफल गरेर प्राथमिकताको आधारमा वजेट वडा वाट गर्न सकिने वडा वाट विनियोजित गरिने र ठुला योजना नगर ,प्रदेश र केन्द्रिकोलागी पहल गरिने रानाले वताए । वडामा वडाका तिनवटा टोलको भेला सम्पन्न गरी सकेको र वाकी ५वटा टोलको गर्न वाकी रहेको रानाले जनकारी गराएका थिए । टोल भेला बाबा नगर नयाँवस्ती र झरकट्टीमा भेला सम्पन्न गरेर योजना छनोट गरिएको रानाले जानकारी गराए ।

१८ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech