नेपालगञ्जस्थित मेडिसिन डिस्ट्रिब्युटरको गोदाममा आगलागी

पिपलबाेट संवाददाता


नेपालगञ्जको न्यूरोडस्थित रोयल एक्सिस मेडिसिन डिस्ट्रिब्युटरको गोदाममा आगलागी भएको छ । शुक्रवार राती साढे ८ बजे गोदाममा आगलागी भएको सञ्चालक सुजितसिंह सिजापतीले जानकारी दिए ।

आगलागीबाट करिव १२ देखि १५ लाखसम्मको नोक्सानी भएको सञ्चालक सिजापतीले बताए । नेपालगञ्ज उपमहानगरपालिका–४ मा रहेको उक्त गोदाममा विभिन्न औषधिसँगै सर्जिकलका सामग्री थिए ।

आगलागीको कारण खुल्न सकेको छैन् । तथापी विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी, दमकल, स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

२१ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech