प्रदेश र स्थानीय तहका जनप्रतिनिधीबीच कपिलवस्तुमा जमघट

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेश र स्थानीय तहका जनप्रतिनिधीबीच शनिबार कपिलवस्तुमा जमघट भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित चन्द्रौटामा शनिबार गरेको कार्यक्रममा जमघट भएको हो ।

सो क्रममा लुम्बिनी प्रदेश सरकारले स्थानीय तहका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुका साथै प्रदेश र स्थानीय तहका पदाधिकारीबीच अन्तरक्रिया गराएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, विभिन्न मन्त्रालयका मन्त्री तथा सांसद, लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट हालै निर्वाचित भएका स्थानीय तहका प्रमुख र उपप्रमुख लगायतको उपस्थिती रहेको थियो ।

सो क्रममा प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री केसीले नवनिर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना सहित सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बाँकेस्थित स्थानीय तहका प्रमुख र उपप्रमुखको पनि सहभागिता रहेको थियो ।

Pradesh ko Programme 11654342145.jpg

Pradesh ko Programme 21654342143.jpg

 

२१ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech