जिल्ला समन्वय समिती सल्यानको प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले पाउने

पिपलबाेट संवाददाता


जिल्ला समन्वय समिती सल्यानको प्रमुख नेपाली कांग्रेसले पाउने भएको छ । गठबन्धन अन्तरगतका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादी सल्यान बिच समन्वय प्रमुख नेपाली कांग्रेसलाई दिने सहमती भएको हो ।

सदरमुकाम खलंगामा भएको तीन दलबिचको सहमती अनुसार उपप्रमुख माओवादि केन्द्रले पाउने सहमती भएको नेपाली कांग्रेस सल्यानका सभापती केशबहादुर बिष्टले बताए ।

सदस्यहरुमा कांग्रेसले पुरुष खुला सदस्य एक र महिला सदस्य २ पाउने भएको छ । माओवादी केन्द्रले पुरुष खुला सदस्य एक, महिला सदस्य एक र दलित महिला सदस्य १ पाउने सहमती भएको छ । यस्तै एकीकृत समाजबादीले १ जना पुरुष खुला सदस्य पाउने सहमति भएको एकीकृत समाजवादी सल्यानका अध्यक्ष हरि केसिले बताए ।

गठबन्धनका उम्मेद्बार हरुको १५ मत पुग्ने भएको छ । नेकपा एमाले ५ मतमा सिमित हुने भएको छ । सल्यानमा १० पालिका रहेका छ्न । सल्यानमा उम्मेद्बारी दर्ता २५ गते र निर्वाचन २९ गते हुने कार्यतालिका रहेको छ ।

२३ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech