नेपाल बैंकद्वारा मेयर, उपमेयरलाई शुभकामना

पिपलबाेट संवाददाता


नेपाल बैंक लिमिटेडको कोहलपुर शाखाले विहीबार कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य र उपमेयर सगिता सुवेदीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । शाखाका प्रवन्धक दिपकराज ओलीले खादा तथा अविर लगाएर बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए । उक्त अबसरमा बोल्दै प्रबन्धक ओलीले कोहलपुर जस्ता उदाउँदो स्थानीय तहमा बित्तीय गतिविधिलाई प्रोत्साहन गर्न जनप्रतिनिधिको भुमिका महत्वपूर्ण हुने बताए । नियम अनुसार हुने कामलाई सहज र सरल बनाएर सेवाग्राहीलाई बैंकले सेवा प्रवाह गरिरहेको ओलीको भनाई छ ।मेयर आचार्यले स्वरोजगार तथा उद्यम जस्ता गतिविधि बढाउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए । अहिले नेपाल बैंक निक्षेप संकलन तथा कर्जा प्रवाहमा उत्कृष्ट रहेको छ ।

२६ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech